२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनको उद्देश्य सरकार परिवर्तन होइन, सुधार र सुशासनको माग होः ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनको मुख्य उद्देश्य सरकार परिवर्तन नभएको स्पष्ट पारेका छन् ।

आइतबार राजधानीमा सञ्चारमाध्यमका सम्पादकहरूसँग भएको अन्तरक्रियामा उनले जेनजी आन्दोलनका मागहरूलाई सही र न्यायोचित ठहर गर्दै आफू पनि ती उद्देश्यसँग सहमत रहेको बताए ।

‘यो अहंकारको कुरा होइन, सत्य बोल्ने मेरो बानी हो,’ ओलीले भने, ‘जेनजीहरूले विरोध प्रदर्शनका लागि तयारी गरेका थिए, तर उनीहरूको खुला तीन वटा माग मात्रै थिए— भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सामाजिक सञ्जाल खुला राखिनुपर्छ भन्ने ।’

ती मागहरू राष्ट्रिय हितसँग मेल खाने र सुधारतर्फ उन्मुख रहेको उनको भनाई छ । ओलीले थपे, ‘उनीहरूले प्रधानमन्त्रीको राजीनामा मागेका थिएनन् । म तिनै तीन कुराका लागि लडिरहेको थिएँ ।’

पूर्वप्रधानमन्त्री ओलीले आफू सामाजिक सञ्जाल बन्द गर्ने पक्षमा नभई त्यसलाई उत्तरदायी र जिम्मेवार रूपमा सञ्चालन गर्नुपर्ने पक्षमा रहेको पनि पुनः दोहोर्याए ।