१९ मंसिर २०८२, शुक्रबार
,
Latest
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतृत्व छोड्न तयार छुः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहालले अध्यक्ष पद छोड्न तयार रहेको बताउनुभएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले अध्यक्ष पद आफ्नो लागि समान्य भइसकेको दाबी गर्नुभयो । माओवादीमा दाहालले नेतृत्व छाड्नुपर्ने आवाज उठ्न थालेको छ । सोही आवाजप्रति लक्षित गर्दै उहाँले देश बचाउनको लागि आफूले जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताउनु भयो । उहाँले अरुलाई पनि त्याग गर्नको लागि तयार रहन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कतिपय मानिसहरुले भन्ने गर्छन्, पार्टी अध्यक्ष छोड् । म पार्टी अध्यक्ष मात्रै होइन । के बलिदान गर्न पर्छ म गर्न तयार छु । आजै म तपाईहरुको अगाडी घोषणा गर्न चाहन्छु । देश बच्न प¥यो । हामीलाई अध्यक्ष, पद, कार्यकारी यो धेरै सानो कुरा भइसक्यो । मैले यिनैकुरा विचार गरेर नै केन्द्रिय समितिलाई आयोजक समितिमा, अध्यक्षलाई संयोजकमा अधिवेशनसम्म जाँदा जे परिवर्तन गर्नुपर्छ, जस्तोसुकै त्याग गर्न म तयार छु, मैले भनिराखेको छु । म सबैलाई पनि राष्ट्रको निम्ति त्याग, देशको निम्ति त्याग गर्न तयार रहन पनि म सबैसंग अपिल गर्दछु ।’

उहाँले पार्टी कार्यकर्ताहरुलाई विचलिन नहुन पनि आग्रह गर्नुभयो ।