२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलक्षित प्रचण्डको टिप्पणीः पटक–पटक संसद विघटन गर्नेहरुले संसद पुनःस्थापनाका कुरा गर्नु हास्यास्पद



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहाल प्रचण्डले पटक—पटक संसद विघटन गर्नेहरुले संसद पुनस्र्थापनका कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गर्नुभएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार आयोजना गरेको कार्यक्रमा उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्माप्रति लक्षित गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले सरकारले तोेकेको समयमा निर्वाचन नभए अर्को अराजकता निम्तिने खतरा रहेको बताउनु भयो । उहाँले वर्तामान यथार्थलाई स्वीकार गरेर निर्वाचन सफल बनाउन लाग्न एमालेलाई आग्रह गर्नुभयो । घोषित समयमा निर्वाचन सफल गर्नु नै संविधान र लोकतन्त्रको रक्षाको अहिलेको सबभन्दा उत्तम विकल्प रहेको उहाँको भनाई छ । यसलाई भड्काउने कोशिस नर्गन उहाँले चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो पटक पटक संसद विघटन गर्नेहरुले अहिले संसद पुनस्र्थापनका कुरा गर्नु जस्तो हास्यास्पद कुरा अरु केही हुन सक्दैन । म ती साथीहरुलाई यस्तो वितण्डाको पछि नलाग्न र आजको यथार्थलाई स्वीकार गरेर यो निर्वाचन सफल पार्न आग्रह गर्न चाहन्छु । मैले यहाँ कुनै आवेग र आक्रोश व्यक्त गर्दै छैन । यथार्थ यही नै हो । नेकपा एमालेका साथीहरुलाई आजको यो यथार्थलाई स्वीकारेर निर्वाचन सफल पार्न आउनुहोस्, सबै मिलेर वृहत सहकार्य गरौँ । यो नै देशको, संविधानको, लोकतन्त्रको रक्षाको अहिलेको सबभन्दा उत्तम विकल्प हो । यसलाई भाड्ने दुचेष्टा कसैले नगरौँ ।’

उहाँले वर्तमान सरकार एमाले अध्यक्ष केपी ओली कै सिफारिसमा बनेको पनि दोहो¥याउनु भयो । आफ्नै सिफारिसमा बनेको सरकारलाई हाहाहुहुको सरकार नभन्न उहाँको सुझाव छ ।