६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सरकारले निर्वाचन हुन्छ भनेर दुनियाँलाई ढाँट्योः ओली

सरकारले निर्वाचन हुन्छ भनेर दुनियाँलाई ढाँट्योः ओली
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको आरोप लगाउनुभएको छ ।

सरकारले राजनीतिक दलहरुलाई निषेध गरेर चुनाव गराउँछु भन्दै हिँडेर आम जनतालाई ढाँटने काम गरिरहेको उहाँको जिकिर थियो । पार्टीको सम्पर्क समन्वय कमिटीले शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निर्वाचन गराउने सोच सरकारसँग नभएकाले आफ्नो पार्टीले प्रतिनिधि सभा पुनः स्थापनाको मागलाई अघि बढाउनुपरेको तर्क समेत गर्नुभयो । जेनजी आन्दोलनको काममा लुटिएका हतियार फिर्ता गराउन नसक्ने सरकारले निर्वाचन गराउने भनेर नाटकीय गतिविधि गरिहेको ओलीको भनाई थियो ।

उहाँले भन्नुभयो,‘चुनाव गराउने । लुटिएका हतियार कहाँ छ ? राजनीतिक नेताहरुलाई चुनावमा जान दिँदैनन् । राजनीतिक दलहरुले चुनावमा भाग नलिएर आफैँ मात्रै भाग लिएर चुनावको नाटक गर्ने । कति राम्रो ड्रामाको परिकल्पना । तसर्थ यस्ता परिकल्पना जनतालाई झुक्याउने, जनता ठग्ने मेलो मात्रै हो । वर्मामा ६ महिनामा चुनाव गराउँछु भनेको कति वर्ष भयो ? जेनजीको नाममा आन्दोलन गर्ने, जेनजीले नेपालमा के ग¥यो ? जेनजी आमैलाई प्रधानमन्त्री बनायो । बंगलादेशमा शेख हसिना ७५ वर्षकी बुढी भईन भनेर बेस्सरी नारा लगायो । बुढी भईन हुँदैन भनेर ८५ वर्षका हजुरबालाई फ्रान्सबाट झिकाएर शासक बनाए । जेनजीले के ७५ का लाई हटाएर ८५ का लागि ल्याउन आन्दोलन गरेको थियो ? त्यो पनि देशभित्र होइन, फ्रान्समा बसिरहेकालाई । अहिलेको सरकारले त्यस्तै सोचेको होला हामीलाई । याद रहोस्–मैले अस्ती नै भनेको थिए–यस्ता जग नै नभएको असंवैधानिक सरकारलाई छोडेर हामी विदेश भाग्छौं ? हामी त देश भित्र बसेर जेलमा बसेर होस् कि भूमिगत बसेर होस कि ।

जसरी होस् देश भित्रै बसेर संघर्ष गरेर आएका शक्ति हो । त्यसकारण हामी त्यस्तो कमजोर खालका हुत्तिहारा होइनौं । अनि चुनाव गराउने रे । झापामा मेरो घर जलाईयो । अनि हेर्न जान परेन । त्यहाँ जान पनि नपाउने ? काठमाडौं उपत्यका बाहिर जान नपाउने ? क्या गज्जवको सरकार छ । मलाई जतिबेला काम पर्छ, त्यतिबेला म साँगा कटने होइन, नेपालको सहरभित्र जहाँ पनि घुम्न जानेछु । के कानूनले समाउँछ, के कानूनले थुन्छ, कुन लोकतन्त्रले थुन्छ ? त्यो म हेर्छु । जथाभावी गर्ने, मनपरी गर्ने । कहाँबाट ल्याएको यो देश । हाम्रो होइन । मौखिक आदेशमा जे पनि गर्न पाईन्छ ? हदबन्दी गर्ने चुनावमा जान नदिने, दलहरुलाई चुनावमा भाग लिन नदिने । अनि फागुन २१ मा चुनाव गर्ने ? पोलिटिकल पार्टीहरुसँग सम्वाद नगर्ने, निषेध गर्ने । दमन गर्ने । अनि फागुन २१ मा चुनाव हुन्छ भन्छ । यसरी सरकारले दिन दुनियालाई ढाँटेको हो । सोच नै यस्तै हो भने छोडिदिनुस यो काम लाग्दैन । ढाँटेको हो भने जनता सचेत छन काम लाग्दैन । यो चुनाव हुनेवाला छैन । त्यसकारण हामीले विघटित प्रतिनिधि सभा पुनस्थापना भनेको हो ।’

अध्यक्ष ओलीले आफूलाई सरकारले काठमाडौं उपत्यका बाहिर नजान प्रतिवन्ध लगाएपनि आवश्यक परेका बेला देशको कुनैपनि शहरमा घुम्न जानसक्ने बताउनु भयो ।