काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय, च्यासल पुगेका छन् ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा २४ भदौमा एमाले केन्द्रीय कार्यालयमा आगजनी र तोडफोड भएको थियो। त्यसयता अध्यक्ष ओलीले पार्टीका अधिकांश बैठकहरू गुण्डुस्थित आफ्नो निवासमै गर्दै आएका थिए ।
एमालेले ललितपुरको एक होटलमा सम्पन्न गरेको केन्द्रीय कमिटी बैठक सकिएको भोलिपल्ट आज च्यासलस्थित पार्टी कार्यालयमा चियापान कार्यक्रम आयोजना गरेको हो ।
हाल च्यासलमा आयोजित उक्त चियापान कार्यक्रममा एमालेका शीर्ष नेता, केन्द्रीय सदस्य, जनवर्गीय संगठनका प्रतिनिधि तथा शुभेच्छुकहरूको उपस्थितिसहित कार्यक्रम जारी छ ।











