२८ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकलाई उद्धारमा सहयोग गरेकामा अमेरिकी राजदूतले दिए धन्यवाद



अ+ अ-

काठमाडौं । संकटको समयमा अमेरिकी पर्यटकको उद्धारमा सहयोग गरेको भन्दै नेपालका लागि अमेरिकी राजदूत र्यान्‍डि बेरीले नेपालको प्रशंसा गरेका छन् । मंगलबार तीन सय दुई जना अमेरिकी नागरिकलाई घर फर्काएपछि उनले एक भिडियो सन्देश जारी गर्दै नेपाली जनताले आतिथ्य सत्कारको असाधारण दृष्टान्त प्रदर्शन गरेको भन्दै धन्‍यवाद दिएका छन् ।

राजदूत बेरीले पर्यटक अलपत्र पर्दा निशुल्क खानाको व्यवस्थापन गर्ने व्यवसायी, पर्यटक सकुशल काठमाडौं नफर्काएसम्म साथ नछाडेका सहयोगी गाइडलाई धन्यवाद दिएका छन् । नेपालसँगको ७० वर्षको साझेदारीको यसअघिको दृष्टान्तझैं यस पटक पनि आफूहरु सहकार्यमार्फत सफल भएको राजदूत बेरीले बताए ।

उनले कठिन समयमा पनि अमेरिकी नागरिकलाई आफ्नो परिवार र प्रियजनसँगै रहने वातावरण मिलाइदिएकोमा सबै सरोकारवालालाई धन्यवाद दिएका छन् । सयौं अमेरिकी घर फर्कदै गर्दा कतियले नेपाल भ्रमणका लागि फर्केर आउने योजना बनाइसकेको समेत राजदूतले जानकारी गराएका छन् ।