२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार प्रतिशोधमा लाग्यो, संसद विघटन संविधान विपरितः काँग्रेस



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठकमा सात जना सदस्यहरुले धारणा राखेका छन् ।

बिहीवार दिउँसो बसेको केन्द्रिय समितिको बैठकमा सात जना मात्रै सदस्यहरुले आफ्ना धारणा राखेका छन् । बैठकले पार्टी सभापति शेरबहादुर देउवामाथि जेन—जी आक्रमणमा भएको सांघातिक हमलाप्रति निन्दा गरेको छ । बैठकमा बोल्ने सदस्यहरुले महाधिवेशनबारे स्पष्ट हुनुपर्ने धारणा राख्नुभएको प्रवक्ता डा. प्रकाशशरण महतले बताउनु भयो । सरकार निर्वाचनलाई सहज बनाउने बाटोतिर नगएको, प्रतिशोध साँध्ने बाटोमा गएको धारणा राख्नुभएको बताउनु भयो । आम नागरिकले पूर्ण रुपमा सुरक्षा महशुस गर्न नसकेको, सुरक्षा निकायको मनोबल उठ्न नसकेको बताउनु भयो ।

निर्वाचनमा कुनैपनि भय बिना भाग लिने वातावरण बनाउनुपर्ने धारणासदस्यहरुले राख्नुभएको बताउनु भयो । साथै बैठकमा पुनः स्थापना बारेमा पनि केही सदस्यहरुले आफ्ना धारणा राख्नुभएको दाबी गर्नुभयो । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान अवस्थाबारे बैठकमा जानकारी गराउनुभएको बताउनु भयो । पार्टीले नियमित महाधिवेशन नै अघि बढाउने र विशेष महाधिवेशनको एजेण्डा केन्द्रिय समितिको बैठकमा नरहेको बताउनु भयो । उहाँले आम निर्वाचन र पार्टीको अधिवेशनबारे प्रश्न उठाउनुभएको जिकिर गर्नुभयो । बैठकमा कार्यतालिका प्रश्ताव अहिलेसम्म नगरिएको पनि जानकारी दिनुभयो ।

बैठकपछि बोल्दै नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जेन—जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटनाको जरैदेखि छानविन हुनुपर्ने धारणाहरु आएको बताउनु भयो । साथै अबको दिनमा काँग्रेस कसरी अघि बढ्ने भन्नेबारेमा सुझावहरु आएको बताउनु भयो । नियमित अधिवेशन गर्न नसक्ने भए विशेष महाधिवेशन गर्नुपर्ने बताउनु भयो । नियमित अधिवेशन मंसिरभित्रै गर्नुपर्नेमा जोड दिनुभयो । जेन—जीको पहिरनमा गरिएका कामहरु र व्यक्तिहरु पत्ता लगाउनुपर्ने बताउनु भयो । सुरक्षाको प्रत्याभुति नभइ राजनीतिक दलहरु निर्वाचनमा जान नसक्ने बताउनु भयो । संसद पुनःस्थापनातिर लाग्न नहुने उहाँको भनाइ छ । हजार र पाँच सयको नोट प्रतिवन्ध गर्न माग समेत गर्नुभयो । हरेक छानविनका लागि काँग्रेस तयार रहेको बताउनु भयो ।

बैठकपछि बोल्दै केन्द्रिय सदस्य रामहरि खतिवडाले कानून हातमा लिएर सरकार चलाउने काममा केही व्यक्तिहरु लागेको बताउनु भयो । उहाँले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताउनु भयो । समाजमा त्रास कायम रहेकाले त्यसलाई हटाउन आग्रह गर्नुभयो । सरकार संविधान विपरित बनेको र त्यसबारे सोच्नुपर्ने धारणा नेताहरुले राख्नुभएको बताउनु भयो । उहाँले जेन जीका मागहरु सम्बोधन गरेर जान आवश्यक रहेको बताउनु भयो । पुराना पुस्तालाई सम्मान र नयाँ पुस्तालाई आकर्षित गर्नेगरी अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

केन्द्रिय सदस्य इन्द्रबहादुर बानियाँले जेन—जी आन्दालेन, अप्राकृतिक विपत्ति, आगजनी, तोडफोडबारे मूल्यांकन लगायतबारे छलफल गर्नेबारे विषयहरु उठेको बताउनु भयो । पार्टीका सभापति र नेताहरुमाथि भएको आक्रमणबारे पनि छलफल हुने बताउनु भयो । साथै महाधिवेशनबारे पनि विषयहरु बैठकमा उठेको बताउनु भयो । समयमै महाधिवेशन गर्नुपर्ने बारेमा छलफल शुरु भएको बताउनु भयो । निर्वाचन हुने कुराको विश्वसनीय वातावरण बनेको खण्डमा काँग्रेस निर्वाचन सम्पन्न गरेर आन्तरिक काममा लाग्ने बताउनु भयो । संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक रहेको बताउँदै काँग्रेस निर्वाचनबाट नभाग्ने दाबी गर्नुभयो ।

एकतावद्ध भएर कार्यतालिका बनाइ काँग्रेस अघि बढ्ने बताउनु भयो । सबैको भावना समेट्दै काँग्रेस अघि बढ्ने बताउनु भयो । देशमा शान्ति सुरक्षा कमजोर रहेको, सुरक्षा निकायको मनोबल गिरेको अवस्था रहेको बताउनु भयो । सरकारको प्राथमिकता निर्वाचन रहेको बताउनु भयो ।