९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीतलनिवासमा राष्ट्रपति पौडेलको समेत उपस्थितिमा जेनजी र सरकारबीच वार्ता सुरु



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा जेनजी आन्दोलनका अगुवाहरु र सरकारबीच शीतलनिवासमा वार्ता सुरु भएको छ । केही दिनअघि स्थगित भएको वार्तालाई आज पुनः निरन्तरता दिइएको हो ।

वार्ताका लागि जेनजीका प्रतिनिधि समूह आज साँझ साढे ५ बजे शीतलनिवास प्रवेश गरेका हुन् । सोही क्रममा प्रधानमन्त्री र केही मन्त्रीहरु पनि शीतलनिवास पुगेका छन् ।

वार्तामा जेनजी आन्दोलनका मुख्य एजेन्डा, सरकारसँगका मागका बुँदाहरू र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

जेनजी पक्षबाट वार्तामा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजवीरराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी छन् ।

वार्ता सकिएपछि दुवै पक्षको आधिकारिक प्रतिक्रिया सार्वजनिक गर्ने तयारी गरिएको जनाइएको छ ।