९ आश्विन २०८१, बुधबार
,
Latest
परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान सिराहामा बाबुको हत्या अभियोगमा छोरा पक्राउ उपप्रधानमन्त्री पौडैल र चीनका समकक्षी हि लिफेङबीच बेइजिङमा भेटवार्ता मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो कोरला नाकामा सञ्चार सुविधा विस्तार सहकारी प्रकरण : राजनीतिक स्टन्टबाजी कि सुशासनको खोजी ? रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति काठमाडौं महानगरको चेतावनी– सीमाभन्दा बढी मूल्यमा सामान बेचे कारबाही पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति
तपाईं के खोज्दै हुनुहुन्छ ?

तातोपानी र रसुवागढी नाका खोल्न अझै समय लाग्ने



अ+ अ-

काठमाडौं । सरकारले रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरे पनि नाका खोल्न अझै बढी समय लाग्ने देखिएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत बुधवार रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो ।

तर, नेपालका तर्फबाट सञ्चालनमा तयारी पूरा हुन नसक्दा दुवै नाका खुल्न ढिला हुने भएको हो । भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार सामान ओसारपसारमा संलग्न ड्राइभर, कामदार तथा कर्मचारीलाई कोरोना भाइरस संक्रमण जाँच गरेर मात्रै नाका खुलाउने चीनसँग समझदारी बनेको थियो ।

तर, नाकामा स्वास्थ्य परीक्षण गर्न आवश्यक पूर्वाधार खडा हुन सकेको छैन । क्वारेन्टाइन स्थल निर्माण गर्न स्थानीय निकायले ढिलाइ गरेको छ । कृषिजन्य वस्तुको परीक्षण गर्न पूर्वाधार निर्माणको कामसमेत भएको छैन । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।