२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा नियमित कि विशेष महाधिवेशन ? आज लाग्ला टुंगो ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसमा नियमित कि विशेष महाधिवेशन गर्ने भन्नेमा अन्योल देखिएको छ । पार्टी पुनर्गठनको आवाज उठाउँदै तत्काल महाधिवेशन गर्नुपर्ने माग हुँदै आएको छ । तर कुन महाधिवेशन गर्ने भन्नेमा पदाधिकारी बैठकमा सहमति हुन नसक्दा केन्द्रीय समितिले पनि निर्णय गर्न नसकेको हो ।

महाधिवेशनबारे निश्चित नभएपछि कांग्रेसका युवा नेताहरूको पहलमा विधानको धारा १७ (१) अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरिएको हो । युवा नेताहरू गुरुराज घिमिरे, देवराज चालिसे, सुरेन्द्रप्रसाद चौधरी, सुवासकुमार पोखरेल, उज्ज्वल बराल, रमेशप्रसाद धमला, दिक्पाल शाही, भरत खड्कासहित १७ जनाको हस्ताक्षरसहित पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर विशेष महाधिवेशनको निवेदन दर्ता गराएका हुन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन बोलाउनुपर्नाको कारणबारेको पत्र र पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेललाई महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरको सूची उनीहरुले बुझाएका छन् । पार्टीको नीति, नेतृत्व र संरचनाबारे गहन छलफल र आत्मसमीक्षाका लागि केन्द्रीय कार्यसमितिको सीमित निर्णय अपर्याप्त रहेकाले नियमित वा विशेष महाधिवेशन मात्रै अहिलेको विकल्प भएको उनीहरूको भनाइ छ ।

कांग्रेसमा १४ औं महाधिवेशनका प्रतिनिधिको संख्या ४ हजार ७ सय ४३ छ । त्यसमध्ये निधन भएका र पार्टी छाडेकाको संख्या १ सय २८ छ । विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर गर्नेको संख्या २४ सय ८८ छ ।

नियमित वा विशेष महाधिवेशन भन्ने विषय आजदेखि सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकमा हुने छलफलबाट निर्धारण हुने छ ।

मंसिरभित्रै नियमित महाधिवेशन हुन्छ कि हुन्न भन्नेमा सुनिश्चितता अहिलेसम्म भएको छैन । त्यही कारण विशेष महाधिवेशनको माग गर्दै दबाबसमेत बढेको हो ।