काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले घरेलु टोलि ओमानविरुद्ध ब्याटिङ गरिरहेको छ ।
टस जितेर ब्याटिङ थालेको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । उनले ३८ बलमा अर्धशतक बनाएका हुन् । जारी प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो भने १३ औं टी–२० आई अर्धशतक हो ।
यो समाचार लेख्दासम्म नेपालले १३.३ ओभरमा ४ विकेटको क्षतिमा ९० रन जोडेको छ ।










