९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्संदैनः प्रधानमन्त्री कार्की



प्रधानमन्त्री सुशीला कार्की । फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हमासद्वारा हत्या गरिएका नेपाली विद्यार्थी विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने बताउनुभएको छ ।

एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री कार्कीले बन्धकमुक्त हुने दुई वर्षदेखिको आशा र सामूहिक प्रार्थनाबीच विपिनको निधनको खबर सुन्दा आफू स्तब्ध भएको बताउँदै प्रधानमन्त्री कार्कीले यो घटनाले सम्पूर्ण नेपाली जनतालाई गहिरो पीडा दिएको उल्लेख गर्नुभयो ।

‘यो हृदयविदारक समाचारले हामी सबैलाई गहिरो पीडा दिएको छ। म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजन र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री कार्कीले भन्नुभएको छ ।

विपिन केवल एक विद्यार्थी मात्र नभई ज्ञानको खोजीमा विदेशिएका हजारौँ नेपाली युवाको उज्ज्वल प्रतिनिधि रहेको उहाँको भनाई छ ।

‘विपिन जोशी केवल एक विद्यार्थी मात्र हुनुहुन्नथ्योस उहाँ ज्ञानको खोजीमा विदेशिनुभएका हजारौँ नेपाली युवाको उज्ज्वल प्रतिनिधि हुनुहुन्थ्यो। उहाँको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको थियो,’ प्रधानमन्त्रीले भन्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले विपिनलाई अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकारको रूपमा वर्णन गर्दै भन्नुभयो, ‘सदा शान्ति पक्षधर नेपालको छोरा अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्नुभएको छ ।’

उहाँले थप्नुभयो, ‘उहाँको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको छ। उहाँको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैं नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्नेछ ।’

प्रधानमन्त्री कार्कीले विपिन जोशीको सम्झनामा राष्ट्रले उनको आदर्श, साहस र मानवताका मूल्यहरूलाई आत्मसात् गर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।