२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको ११औं महाधिवेशन मंसिर २७–२९ मा पोखरामा गर्ने प्रस्ताव



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को ११ औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा राख्ने प्रस्ताव गरिएको छ ।

जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले मिति र ठाउँ प्रस्ताव गरेका छन् ।

अध्यक्ष ओलीले गरेको यस प्रस्तावमाथि तीनदिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकले औपचारिक रूपमा निर्णय लिनेछ । अहिले ओलीको प्रस्तावमाथि बैठकमा छलफल चलिरहेको छ ।