२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा बन्यो भयावह अवस्था, एकै दिनमा १३ सयको मृत्यु, २० हजार संक्रमित



अ+ अ-


अमेरिकामा कोरोनाका कारण दिन प्रतिदिन भयावह स्थिति बन्दै छ । अमेरिकाबाट प्राप्त समाचारमा पछिल्लो २४ घण्टामा १३ सय २१ जनाको मृत्यु भएको छ । साथै एकै दिन यहाँका कम्तीमा पनि २० जनामा संक्रमण बढेको देखिएको छ । यस अवस्थालाई अहिलेसम्मकै सबैभन्दा भयावह अवस्थाको संज्ञा दिइएको छ । यससँगै यहाँ मृतकको संख्या ७ हजार ३ सय ९२ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार ३२ हजार २ सय ८० नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । यहाँ अहिलेसम्म कूल २ लाख ७७ हजार १ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमितमध्ये ५ हजार ७ सय ८७ को अवस्था गम्भीर छ । यद्यपि, १२ हजार २ सय ८३ जना संक्रमित उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् ।