२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशी रासायनिक गोदाम र कपडा कारखानामा आगलागी हुँदा १६ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । बंगलादेशको राजधानी ढाकामा मंगलवार एक कपडा कारखाना र एक रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । स्थानीय मिडिया रिपोर्टकाअनुसार बंगलादेश युनिभर्सिटी अफ बिजनेस एण्ड टेक्नोलोजीको अगाडि दुई भवनहरू छेउछाउमा अवस्थित छन् ।

१२ जनाको शव ढाका मेडिकल कलेज अस्पताल र ढाकाको राष्ट्रिय जलन तथा प्लास्टिक सर्जरी संस्थानमा लगिएको बताइएको छ । अधिकारीकाअनुसार सात तले कपडा कारखानामा आगलागी तेस्रो तल्लाबाट शुरु भएको थियो ।

आगो निभाउन कम्तिमा १२ वटा दमकल इकाइहरू घटनास्थलमा पुगेका थिए । रासायनिक गोदाममा ब्लीचिङ पाउडर, प्लास्टिक र हाइड्रोजन पेरोक्साइड लगायतका खतरनाक सामग्रीहरू भण्डारण गरिएको थियो । आगोको कारण पत्ता लागेको छैन ।