२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनको समयमा घर-घरमा निःशुल्क खाद्य सामग्री बाड्दै नेपाल प्रहरी (फोटो फिचर)



अ+ अ-

काठमाण्डौ । कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरुलाई नेपाल प्रहरीले निःशुल्क खाद्य सामग्री वितरण गरेको छ । प्रहरीले दैनिक खाना खान समेत मुस्किल परेको यस बिषम् परिस्थितिमा महानगरीय प्रहरी कार्यालयको बिशेष पहल एवं बिभिन्न बैंकहरुसंगको सहकार्यमा निशुल्क खाद्य सामाग्री वितरण हो ।

निःशुल्क खाद्य सामग्री वितरण अभियान अन्तर्गत सातौं दिन शनिवार अपाङ्ग सेवा समाज, तार्केश्वरमा आश्रित २२ जना अपाङ्गहरू, सम्भव जिवन केन्द्र लोलाङमा रहेका १७ जना,
Light For Nation आश्रममा रहेका १८ जना बालबालिकाहरू र अपाङग सरोकार केन्द्र काठमाण्डौ-१६ बसन्तनगरमा रहेका ३८ जनालाई वितरण गरिएको छ । यसै गरी महानगरीय प्रहरी कार्यालयको हटलाईमा फोन सम्पर्क गर्ने दैनिक ज्यालादारी मजदुरहरु २४ जनालाई समेत महानगरीय प्रहरी कार्यालयको तर्फबाट अत्यावश्यक खाद्य सामाग्री वितरण गरिएको छ ।

मुलुक लकडाउनको यस बिषम् परिस्थितिमा भोको पेटकै कारण सिर्जित हुन सक्ने बिभिन्न अपराधहरु रोकथाम तथा नियन्त्रणका साथै मानव सेवाको ध्येयले यस अभियानलाई लक डाउन अवधिभर विहान ९ बजे देखि साझँ ६ बजे सम्म निरन्तर संचालन गरिने समेत महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले बताउनु भयो ।

साथै यस अवधिभर उपत्यकामा अवस्थित कोहि कसैले खाद्य सामाग्री अभाव भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाईन नम्बर १०० मा फोन गरी आफ्नो गुनासो टिपाउनु हुन समेत प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले अनुरोध गर्नु भयो ।