६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

भारतबाट फर्केकामा धमाधम कोराना संक्रमण देखिन थाल्यो

भारतबाट फर्केकामा धमाधम कोराना संक्रमण देखिन थाल्यो
अ+ अ-

काठमाडौं । सुदूरपश्चिमका तीनजनामा कोराना भाइरस (कोभिड–१९) संक्रमण देखा परेको छ। यसअघि कोराना संक्रमित धनगढी उपमहानगरपालिका­–५ का युवाकी ३४ वर्षीया भाउजु, कञ्चनपुर बेदकोट नगरपालिकाका ४१ वर्यीय पुरुष र कैलालीकै लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवामा कोरोना देखा परेको हो।

कञ्चनपुरको बेदकोटका ४१ वर्षीया युवा भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाबाट कञ्चनपुरको ब्रम्हदेव हुँदै लुकेर नेपाल छिरेका हुन्। कैलालीको लम्कीका युवा चैत ११ गते धनगढीसँग सीमा जोडिएको गौरीफन्टा नाकाको भीडबाट नेपाल प्रवेश गरेका हुन्। कैलालीका कोरोना संक्रमित युवाका आफन्तमा पनि संक्रमण फैलिएको छ। चैत ७ गते दुबईबाट भारत हँुदै ती युवा नेपाल आएका थिए। सोही रात उनी काठमाडौंमा मामाको घरमा बसि चैत ८ गते बुद्ध एयरको विमानबाट नेपालगञ्ज आएका थिए। नेपालगञ्जबाट उनी अत्तरियासम्म माइक्रोमा, त्यहाँबाट धनगढीको चौराहासम्म विंगर गाडी र त्यहाँबाट अटोमा उनी धनगढीस्थित घर पुगेका थिए।

भारतबाट आएका दुई जनामा पनि संक्रमण

भारतबाट आएका दुईजनामा पनि संक्रमण देखिएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका–९ का ४१ वर्षका पुरुष र कैलालीको लम्कीचुहा नगरपालिका २१ वर्षका युवामा कोरोना संक्रमण भेटिएको हो।

नेपाली सेनाको छाउनी अस्पतालका चिकित्सक टोलीले सुदूरपश्चिमका विभिन्न क्वारेन्टाइनबाट बिहीबार ९२ जनाको थ्रोट स्वाब संकलन गरी काठमाडांै लगेको थियो। तीमध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।