२१ भाद्र २०८३, आईतवार
,
Latest
जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा सदस्यका लागि कांग्रेसले टुंगो लगायो उम्मेदवार



अ+ अ-

काठमाडौं । सत्ताघटक प्रमुख दल नेपाली कांग्रेसले राष्ट्रियसभाका उम्मेदवारहरुको टुंगो लगाएको छ । आउँदो माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ । 

जसका लागि कांग्रेसले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा , दुर्गा पुन र नारायणदत्त मिश्रलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसले प्रदेश १ बाट बस्नेत, वागमतीबाट पौडेल, गण्डकीबाट पन्त, लुम्बिनीबाट शर्मा, कर्णालीबाट पुन र सुदूरपश्चिमबाट मिश्रलाई उम्मेदवार बनाउने भएको हो ।

सोमबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त हुने १९ सिटका लागि भागबन्डा गरेको थियो ।  जसअनुसार नेपाली कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाँचरपाँच सिट र जनता समाजवादी पार्टीले दुई तथा जनमोर्चालाई एक सीट बाँडिएको थियो ।