७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल

आगामी चुनावः माओवादी तयार, एमाले असहमत, कांग्रेसमा अलमल

आगामी चुनावः माओवादी तयार, एमाले असहमत, कांग्रेसमा अलमल
अ+ अ-

गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँगै भएको आगजनी र ध्वंसबाट बनेको सरकारले घोषणा गरेको २१ फागुनको चुनाव अझै सुनिश्चित बन्न सकिरहेको छैन । निर्वाचन आयोगले प्रक्रिया थालेको छ, सरकारकाले ठूला राजनीतिक दलहरुसँग सम्वाद अघि बढाउन चाहेको छ र यसका लागि राष्ट्रपतिले हिजोदेखि प्रक्रियाको थालनी पनि गरिसकेका छन् ।

तर चुनावका बारे पुराना र ठूला राजनीतिक दलहरुले एकमतले निर्णय गर्न भने सकिरहेका छैनन् । संसद विघटन गरेर नयाँ चुनावको घोषणा गरिएको भए पनि यसले ठुला राजनीतिक दलहरुलाई चुनावबाट आस्वस्त पार्न भने सकिरहेको छैन ।

ती दल प्रतिनिधिसभाको निर्वाचनबारे फरक फरक कित्तामा देखिएका छन् । विगतमा सहकार्य गर्दै आइरहेका दलहरु जेनजी आन्दोलनपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा साझा धारणा बनाउन सकेका छैनन् ।

उनीहरु सरकारले दलहरुलाई निषेध गरेको भन्न थालेका छन् भने सरकार चुनाव हुनेमा विश्वस्त भएको भन्दै त्यसको तयारीमा लागिपरेको देखाएको छ । पुराना दलमध्ये माओवादी केन्द्र सबैभन्दा बढी चुनावको पक्षमा देखिएको छ । सो दलका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले चाहिँ आफूहरु चुनावमा जाने स्पष्ट धारणा राखेका छन् र उनले चुनावमा जानका लागि सबैलाई आह्वान पनि गरेका छन् ।

उनले चुनावको एजेण्डालाई यसरी स्वीकार गरेका छन् कि चुनाव निश्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गराउनुपर्छ भनेर पनि वर्तमान सरकारलाई सार्वजनिक रुपमा भनेका छैनन् । बरु उनले अबको राजनीतिक निकास निर्वाचन बाहेक अरु केही नदेखिएकोले सबै निर्वाचनमा जानुपर्ने धारणा अघि सारेका हुन् ।

चुनावको स्वीकारोक्ति त बरु पछि आयो, उनले जेनजी आन्दोलनलाई नै यसरी आत्मसात गरे कि जेनजीको आन्दोलन ठीक थियो र त्यो माओवादीले नै अघि सारेको एजेण्डा थियो सम्म भनेका छन् । उनले जेनजी आन्दोलनलाई पूर्ण रुपमा समर्थन पनि गरेका छन् ।

यसैबीचमा नेकपा एमालेले भने संसद् पुनर्स्थापनाको आगामी बाटो स्पष्टसँग अघि सारेको छ । एमालेले आगामी फागुन २१ को निर्वाचन आफूहरुले नमान्ने र त्यो सम्भव पनि नरहेको तर्क गर्दै उसले विघटित संसदको पुनस्र्थापनाको माग गरेको छ ।

उता अर्काे ठूलो पार्टी नेपाली कांग्रेसमा भने चुनाव हुनेमा आशंका देखिएको छ । चुनावप्रति सो पार्टीले अहिले पनि आंशंका गरिरहेकै छ । बिहीबारबाट सुरु भएको पदाधिकारी बैठकमा नेताहरुले संसद् विघटनको विरोध गर्दै चुनावमा जानुपर्ने पक्षमा मत राखेका छन् ।

तर आकस्मिक रुपमा सो धारणा आएको भए पनि आधिकारिक रुपमा भने धारणा आउन बाँकी नै छ । कांग्रेस महामन्त्रीहरुको धारणा चुनावमै जानुपर्ने भन्ने छ । तर सिंगो पार्टीले निर्णय गरिसहेको अवस्था भने छैन ।

पदाधिकारी बैठकमा चुनावको प्रसंग नचलेको होइन । तर पनि सुशीला कार्की नेतृत्वको सरकारले चुनाव गराउनेमा पूर्णत आस्वस्त हुन भने नसकेको हो । तर एमालेले जस्तै आशंका गर्दै संसद् पुनस्र्थापनाको पक्षमा उभिएको पनि होइन ।

बिहीबार भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममार्फत एमालेले जसरी संसद पुनस्र्थापनाको पक्षमा अडिग भएर सन्देश दियो, त्यस्तो कांग्रेसमा आएको छैन । यसको अर्थ हो कि यो सरकारले गराउने भनिएको चुनावका बारेमा नै कांग्रेस आस्वस्त हुन सकेको छैन ।

तर कांग्रेसले चुनाव निश्पक्ष रुपमा गराउनुपर्ने शर्त भने राखेको छ । पदाधिकारी बैठकमा कांग्रेसले चुनाव निश्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गराउनुपर्ने र त्यसअघि दलहरुलाई निर्वाध रुपमा चुनावी वातावरणमा लाग्नसक्ने अवस्थाको सिर्जना गर्नुपर्ने माग राखेको छ ।

चुनावका बारे कांग्रेसमा देखिएको यो अलमल केन्द्रीय समितिले निरुपण गर्ने देखिएको छ । अब निश्चय नगर्दा चुनावमा जाने नजाने भन्ने विषय चाँडै टुंगोमा नपुग्न सक्छ, जसले गर्दा कांग्रेससँग जेनजी आन्दोलनपछिको एजेण्डा रहने छ र नत चुनावी तयारीको समय नै पुग्न सक्नेछ ।

भदौ २८ गते गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको कुरामा चाहिँ यसअघिका यी दुई सत्तारुढ दल कांग्रेस र एमालेबीच मतैक्य देखिन्छ । यो आधारभूत सहमतिपछि पनि एमाले पुनस्र्थापनाको पक्षमा स्पष्ट उभिएको छ भने कांग्रेस निर्णयको संघारमै छ भन्नुपर्छ ।

त्यसो त एमाले अध्यक्ष केपी ओली भने नेपाली कांग्रेस पनि संसद पुनर्स्थापनाकै बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरेका थिए ।

तर आउँदो फागुन २१ मा निर्वाचन नभएमात्रै संसद् पुनर्स्थापना हुनुपर्ने या त्यो चुनावलाई नपर्खिएरै त्यस अगावै संसद पुनर्स्थापनाका लागि आन्दोलन गर्ने भन्नेमा भने एमाले स्पष्ट देखिँदैन । पुराना र हिजोका दिनमा ठूला भनिएका यी तीन ठूला राजनीतिक दलका फरक निर्णय र अलमलले आगामी चुनाव पनि थप अलमल देखिएको छ ।

छ महिनाभित्र चुनाव गर्ने गृहकार्य सहितको सरकारले महिना दिन पार गरिसक्दा पनि चुनावका प्रमुख स्टेकहोल्डर मानिएका ठूला राजनीतिक दलहरु चुनावबारे अनिर्णित बन्दा आउने ५ महिना कसरी अघि बढ्छ भन्ने अन्योल छाउनु स्वाभाविक हो ।