४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ललितपुर महानगरद्वारा शहीद विनोद महर्जनको परिवारलाई ५ लाख आर्थिक सहयोग

ललितपुर महानगरद्वारा शहीद विनोद महर्जनको परिवारलाई ५ लाख आर्थिक सहयोग
अ+ अ-

काठमाडौँ ।ललितपुर महानगरपालिकाले जेन—जी आन्दोलनका शहीद विनोद महर्जनको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।

शुक्रवार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले शहीद विनोदकी आमा लतमाया महर्जनलाई ५ लाख आर्थिक सहायता उपलब्ध गराउनुभएको हो ।

त्यस अवसरमा उहाँले ललितपुर महानगरपालिका वडा नम्बर ७ निवासी शहीद विनोद महर्जन एक मूर्धन्य व्यक्ति भएकाले उनको निधनबाट देशले नै एउटा आँटिलो छोरा गुमाएको प्रतिक्रिया दिनुभयो । उहाँले परिवारजनलाई सम्हालिएर अघि बढन पनि आग्रह गर्नुभयो ।

मेयर महर्जनले भन्नुभयो,‘मुलुकले नै एउटा मुर्धन्य व्यक्ति, आँटिलो व्यक्ति गुमायो । मुलुकनै शोकको अवस्थामा छ । तपाई आम र परिवारको अपुरणीय क्षति भएकाले भावविह्वल हुनुत स्वभाविक कुरा नै हो । म परिवारलाई अनुरोध गर्न चाहन्छु– जाने व्यक्ति गईसक्यो । किमार्थ फर्केर आउँदैन । तसर्थ उहाँको सम्झनामा आफ्नो स्वास्थ्यनै बिग्रिने गरेर र घरले इकोनोमिनै धान्न नसक्ने गरेर तपाईहरु पीर नगर्नुस् । सम्हालिएर तपाईहरु अगाडि बढनुस । स्वास्थ्यको ख्याल गर्नुस् ।’

ललितपुरमा महानगरपालिका वडा नम्बर ७ का विनोद महर्जन कला क्षेत्रमा आवद्ध हुनुहुन्थ्यो ।