४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मीको तम्घास‐सिमीचौर‐राङ्बास‐खज्र्याङ सडक एक महिना बन्द हुने

गुल्मीको तम्घास‐सिमीचौर‐राङ्बास‐खज्र्याङ सडक एक महिना बन्द हुने
अ+ अ-

गुल्मी । यहाँको तम्घास‐सिमीचौर‐राङ्बास‐खज्र्याङ सडक एक महिनाका लागि बन्द हुने भएको छ । उक्त सडकखण्डअन्तर्गत सडक स्तरोन्नतिको काम भइरहेकाले एक महिना बन्द हुने भएको हो ।

यहाँ रेसुङ्गा नगरपालिका‐१० को मैदानदेखि वडा नं ११ को जन प्राविसम्मको सडकमा आजदेखि सडक स्तरोन्नति सुरु गरिएको छ ।

सडक पूर्वाधार विकास कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरी यही असोज २४ गतेदेखि कात्तिक २३ गतेसम्मका एक महिना सडक पूर्ण रूपमा बन्द हुने जनाएको हाचे ।

कार्यालयले उक्त समयसम्म वैकल्पिक सडकका रूपमा राङबास–फेदीसम्मका सवारीसाधनका लागि–मैदान–हर्राबोट–सपौदी हुँदै राङबास फेदी सडक र रिडी‐पाल्पा एवं अर्घाखाँचीतर्फ सञ्चालन हुने सवारीसाधनका लागि घुम्ती–चारपाला–खज्र्याङ तथा तम्घास–बलेटक्सार–रिडीको वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

कार्यालयका प्रमुख दीपक खड्काका अनुसार निर्माणका क्रममा यात्रु र चालकको सुरक्षालाई ध्यानमा राख्दै सडक अस्थायी रूपमा बन्द गरिएको बताउनुभयो । उहाँले निर्धारित समयावधिभित्र काम सम्पन्न गरी सडक शीघ्र सञ्चालनमा ल्याइने बताउनुभयो ।