४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ

सिंहदरबार जलाउनेलाई कारबाही हुनुपर्छः रक्षा बम

सिंहदरबार जलाउनेलाई कारबाही हुनुपर्छः रक्षा बम
अ+ अ-

काठमाडौँ । आन्दोलन र सिंहदरबार अगाडि राखिएको विवादित तस्वीरबारे जेनजी अगुवा रक्षा बमले सार्वजनिक सन्देश जारी गर्दै आफ्नो पक्ष स्पष्ट गरेकी छन् ।

बमले उक्त तस्वीर सेप्टेम्बर ९ मा खिचिएको र त्यो फोटो प्रधानमन्त्रीको राजीनामापछिको जितको खुसी व्यक्त गर्न राखिएको बताइन् ।

बमले आफ्नो पोस्ट र त्यसले सामाजिक सञ्जालमा पारेको प्रभावलाई प्राथमिकता दिँदै भनिन्, “मेरो एउटा फोटो जुन सिंहदरबार अगाडि मैले खिचेको थिएँ, त्यो सेप्टेम्बर ९ को हो । त्यो पनि सामाजिक संजालमा भाइरल भएको छ। त्यो फोटो सम्बन्धी यहाँहरूलाई धेरै प्रश्नहरू छन् ।”

उनले त्यो फोटो जुलुसको क्रममा खिचिएको र त्यसबेला प्रधानमन्त्रीको राजीनामा आएकाले त्यो खुसी मनाएर पोस्ट गरेको स्पष्ट पारेकी छन् ।

साथै बमले प्रष्ट पारिन् कि सो फोटोले कुनै विघटनकारी वा हिंसात्मक उद्देश्य राखेन । उनका शब्दमा, “सिंहदरबार एउटा राज्यको प्रतीक भएकाले एउटा बिम्ब स्वरूप मैले हामीले जित्यौं भनेर त्यहाँ फोटो राखेको थिएँ । त्योभन्दा बाहेक त्यो फोटो केही पनि थिएन ।”

यद्यपि, उनले भनेकी छन् कि सिंहदरबार जलाउने जोसुकै भए पनि कानुनी दायित्व अन्तर्गत कारबाही हुनुपर्छ । बमले स्पष्ट गरिन्, “सिंहदरबार जलाउनेहरूलाई पनि अनुसन्धान हुनुपर्छ र गोली दाग्नेहरूलाई पनि अनुसन्धान हुनुपर्छ। हरेक फौजदारी अभियोग लाग्ने कसुरमा कारबाही गर्न सरकार तयार हुनुपर्छ। तर सुरुवात मबाट नै हुनुपर्ने भयो भने म पनि तयार छु ।”

आन्दोलनका क्रममा भदौ २४ र त्यसपछिका घटनाबारे पनि प्रश्न उठ्नसक्ने भएकाले पारदर्शी छानबिन अनिवार्य रहेको उनको भनाई छ । बमले आफू अनुसन्धानका लागि तयार रहेको भन्दै घटनाको सत्यता सार्वजनिक हुनुपर्नेमा जोड दिइन् ।

यस्तो छ आरोपहरूमाथि रक्षा बमको स्पष्टिकरणः

सेप्टेम्बर ८ पछिका घटनाक्रमहरूका बारेमा यहाँहरू प्रष्ट नै हुनुहुन्छ। आजभन्दा ठ्याक्कै एक महिना अगाडिको दिन सम्झिन्छु, जुन दिन चिन्जी आन्दोलन भएको थियो, जुन दिन तत्कालिन सरकारले हाम्रा हामी र हाम्रा साथीहरूमाथि गोली दागेको थियो। बर्बरतापूर्वक हाम्रो साथीहरूको हत्या गरेको थियो। हामीले शान्तिपूर्ण भनेर सुरु गरेको आन्दोलनमा अराजकता फैलियोर हामीले धेरै साथीहरू गुमायौं।

त्यहाँ के भयो, कसो भयो, त्यसपछिका घटनाक्रमहरू के भए भन्ने कुरालाई सामाजिक सञ्जाल र संचार माध्यमबाट यहाँहरूलाई थाहा भइरहेकै नै छ। तर, त्यो भन्दा बाहेक यहाँहरूको मप्रति पनि केही प्रश्नहरू रहेछन् र म आज त्यसको उत्तर दिन आएको हुँ ।

सर्वप्रथम त म यहाँहरूलाई मेरो बारेमा केही कुरा भन्न चाहन्छु। म असत्य, झुट, हिंसा, अराजकता र कसैको पक्षपोषण गर्दै यहाँसम्म आइपुगेको होइन। म सधै सत्यको खोजीमा सडकमा आवाज उठाइरहने व्यक्ति हो। यसै सन्दर्भमा केही समय अगाडि हामीले गरिखान देऊ भनेर एउटा क्याम्पेन चलाएका थियौ। सडक व्यापारीहरूलाई चाहिँ महानगरले काठमाडौँ महानगरले गरेको जुन दमन थियो त्यसको विरुद्धमा हामीले काठमाडौँ महानगरपालिकासँग जवाफदेहिता माग्दै क्याम्पेन सुरु गर्‍यौं। हामी महानगर अगाडि १९९ घण्टा उभिएका थियौं।

त्यसैलाई लगायत हामी लुम्बिनी देखि सिंहदरबारसम्म संघीय सरकारलाई पनि झकझकाउँदै यस विषयमा केही पहल राम्रो पहल कदम लिनुपर्छ भनेर लुम्बिनी देखि सिंहदरबारसम्म हामी हिंड्दै आइपुगेका थियौं र बाटोमा भेटेका मान्छेहरूसँग सुझाव संकलन गर्दै हामीले त्यो सुझावपत्र तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई बुझाएका थियौं।

त्यही फोटो अहिले तपाईं सामाजिक संजालमा देखिराख्नुभएको छ होला मेरो। हामीले तत्कालीन प्रधानमन्त्रीलाई त्यो सुझाव पत्र बुझाउँदाको फोटो देखेर तपाईंहरूले मलाई मलाई माओवादीको झोले भन्नुभयो। त्यसैगरी कुनै एक पार्टीको सदस्यसँग मेरो नाम पनि मिल्ने भएकोले तपाईंहरूले मलाई एमाले भन्नुभयो। तपाईंले उसको नामको गाली मलाई दिँदै हुनुहुन्छ अथवा मेरो नामको गाली उसलाई दिँदै हुनुहुन्छ। तपाईंहरूले पहिला अनुहार चिन्न आवश्यक छ जस्तो लाग्छ ।

त्यसैगरी मेरो एउटा फोटो जुन सिंहदरबार अगाडि मैले खिचेको थिएँ। त्यो सेप्टेम्बर ९ को फोटो थियो। त्यो पनि सामाजिक संजालमा भाइरल भइरहेको छ। त्यो फोटो सम्बन्धि पनि यहाँहरूलाई धेरै प्रश्नहरू छन्।

त्यो फोटो सेप्टेम्बर ८ मा हामी आठमा हामीसँग जे व्यवहार भयो त्यसको आक्रोश लिएर हामी सेप्टेम्बर ९ मा आन्दोलनमा उत्रेका थियौं। हामी प्रधानमन्त्रीको राजीनामा मागिरहेका थियौं। र त्यस बेलामा चाहिँ ठ्याक्कै प्रधानमन्त्रीको राजीनामा आएको थियो। सिंहदरबार एउटा हाम्रो राज्यको प्रतीक भएको हिसाबले एउटा बिम्ब स्वरूप मैले हामीले जित्यौं भनेर जितको खुशी मनाएर त्यहाँनिर फोटो राखेको थिएँ। त्योभन्दा बाहेक त्यो फोटो केही पनि थिएन।

त्यतिखेर सिंहदरबारको गेट जलिरहेको थियो। म आक्रोशित थिएँ र एक किसिमको जित जस्तो महसुस भएर मैले त्यो फोटो राखेको हो। तर यसलाई तपाईंले राजनीतिक दृष्टिकोणले मात्र हेर्नुहुन्छ भने अनुसन्धान हुनुपर्छ। सिंहदरबार जलाउनेहरूलाई पनि अनुसन्धान हुनुपर्छ र गोली दाग्नेहरूलाई पनि अनुसन्धान हुनुपर्छ।

म के भन्न चाहन्छु भने हरेक फौजदारी अभियोग लाग्ने कसुरहरूमा कारबाही गर्नको लागि सरकार तयार हुनुपर्छ। तर सुरुवात म बाट नै हुनुपर्ने हो भने म पनि तयार छु।

अर्को र अन्तिम कुरा, म एमाले, माओवादी, जेनजी को हो भनेर तपाईहरू अन्योलमै हुनुहुन्थ्यो । खोई कसले हो विदेशी एजेन्ट भन्दियो। मलाई विदेशी एजेन्टको ट्याग लगाएर यहाँहरूले कुराहरू गरिराख्नु भएको छ।

म साथीहरूलाई के भन्न चाहन्छु भने तपाईहरूसँग यदि ठोस प्रमाण छ भने तपाईहरू वान टु वान नै आउनुस् । त्यो प्रमाण लिएर आउनुस् मसँग। म लड्न पनि तयार छु। तर कुनै एउटा फेलोसिप जोइन गरेको आधारमा, कुनै एउटा ट्रेनिङ जोइन गरेको आधारमा तपाईंहरूले मलाई विदेशी एजेन्ट भन्नुहुन्छ भने तपाईंहरू गलत हुनुहुन्छ। यो तपाईंहरूको उग्र राष्ट्रवाद मात्रै हो।

हो, म यूएसवाईसीको सन् २०२२ को ब्याज हो। त्यहाँ मैले अरू युवाहरूलाई पनि भेटेको थिएँ। युवाहरूको संजाल बन्न पुगेको थियो। मैले त्यो यूएसवाईसीको फेलोसिपमा एक वर्षको सूचनाको हक सम्बन्धी ट्रेनिङहरू लिएको थिएँ र म सूचनाको हक सम्बन्धी सचेतना कार्यक्रम आजको दिन पनि गर्छु। मेरो सत्य यो नै हो।

सायद मैले भन्नु पर्ने यति नै थियो होला। आन्दोलन सकेको आज ठ्याक्कै एक महिना भयो। यो एक महिना मेरो लागि कैयौं दशकभन्दा पनि धेरै भएको छ। मलाई नानाथरी गाली गर्ने, विभिन्न ट्याग लाउने साथीहरूलाई म के भन्न चाहन्छु भने तपाईंहरूको डेथ थ्रेट ले, तपाईंको रेप थ्रेटले, मलाई केही पनि फरक पर्दैन। म मेरो खुट्टा कमाउने वाला मान्छे होइन।

म सधै सडकमा न्यायको पक्षमा उभिने, सत्यको पक्षमा उभिने मान्छे हो। त्यसैले म डराउँदिनँ।

मैले आन्दोलनको मुद्दा बिर्सेको छैन। आन्दोलनमा सहादत प्राप्त साथीहरू र घाइते साथीहरूले न्याय पाउनै पर्छ। म त्यसको लागि सदैव आवाज उठाउनको लागि तयार छु र म उठाउने छु।

अझै पनि हामी लोकतन्त्र चाहन्छौं, हामी संविधान चाहन्छौं, हामी देशमा विधिको शासन चाहन्छौं, हामी शान्ति चाहन्छौं। त्यसैले कुनै पनि समूह, कुनै पनि व्यक्ति या कुनै पनि संस्थाले देशमा फेरि अराजकता फैलाएर देश मा अशान्ति फैलाउन खोज्यो भने हामी आफ्नो खबरदारीको लागि अग्रसर भूमिकामा नै रहनेछौं ।