६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

संक्रमण दोस्रो चरणमा- तर खतरा टरेको छैन

संक्रमण दोस्रो चरणमा- तर खतरा टरेको छैन
अ+ अ-


काठमाडौँ । मुलुकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दोस्रो चरणमा प्रवेश गरेको शुक्रबार एक साता हुन्छ । विदेशबाट आएका व्यक्तिबाट स्थानीयलाई संक्रमण भएपछि यो चरण सुरु भएको हो । यो अवधिमा थप संक्रमित देखिएका छैनन् ।

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहीबारबाट सञ्चालनमा ल्याइएको अटोमेटिक सेनिटाइजर गेट । स्वास्थ्यकर्मी र सेवाग्राहीलाई कोभिड–१९ संक्रमण नहोस् भनेर अस्पतालले गेटबाट पस्नेबित्तिकै सेनिटाइजर छर्किने प्रविधिसहितको व्यवस्था गरेको हो ।

थप संक्रमित नभेटिए पनि ढुक्क हुने स्थिति नभएको विज्ञहरूको विश्लेषण छ । सुदूरपश्चिमका जिल्ला र बागलुङबाट संकलन गरिएका करिब दुई हजार नमुना परीक्षणको नतिजा आएपछि मात्रै संक्रमणको वास्तविक अवस्था थाहा हुने उनीहरूको भनाइ छ । नयाँ संक्रमण नदेखिए पनि संक्रमणको संवेदनशीलतालाई ध्यान दिएर थप लकडाउन, आइसोलेसन, क्वारेन्टाइन, सामाजिक दूरी, साबुन पानीले हात धुनेलगायत सुरक्षाका उपायलाई कायम राख्नुपर्ने सुझाव विशेषज्ञहरूले दिएका छन् ।

चीनको वुहानबाट फर्किएका एक ३२ वर्षीय नेपाली विद्यार्थीमा पहिलोपटक संक्रमण पुष्टि भएको ७३ दिनपछि गत शनिबार कोभिड–१९ को विस्तार दोस्रो चरणमा प्रवेश गरेको थियो । कोरोना प्रभावित राष्ट्रहरूबाट आएकामा संक्रमण देखिने अवस्थालाई संक्रमणको पहिलो चरण भनिन्छ । उनीहरूबाट नजिकको सम्पर्कमा आएका व्यक्ति, आफन्तमा देखिन थाल्नु दोस्रो चरण हो । विदेश भ्रमणमा नगएकी कैलालीकी ३४ वर्षीया महिलामा दुबईबाट फर्किएका आफन्तबाट संक्रमण सरेपछि दोस्रो चरणमा कोभिड–१९ प्रवेश गरको थियो ।

कोरोना संक्रमण दोस्रो चरणमा गयो तर त्यहाँबाट हालसम्म अगाडि बढेको देखिएको छैन,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डे भन्छन्, ‘हालसम्म मुलुकको विभिन्न भागबाट हामीले दिनहुँ पाएको जानकारीअनुसार कोरोना संक्रमणले झन् बढी खतराको संकेत गरेको छैन ।’

धनगढीलगायत सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, बैतडी, डडेलधुरा र गण्डकीको बागलुङबाट संकलन भएका करिब दुई हजार नमुना परीक्षणको नतिजा आएपछि मात्र दोस्रो चरणको संक्रमणको वास्तविक स्थिति थाहा हुने उनले बताए । ती नमुना सेनाको हेलिकप्टरबाट राजधानी ल्याउने काम भइरहेको छ ।, कान्तिपुर दैनिकमा खबर छ ।