५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अखिलले मेयर साह र सुदन गुरुङविरुद्ध देशैभरि जाहेरी दिने



अ+ अ-

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध देशैभरि जाहेरी दिने भएको छ ।

जेनजी आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीको जिम्मेवारी बनाउदै प्रमुख साह र गुरुङविरुद्ध देशैभरका जिल्ला प्रहरी कार्यालयमा जोहरी दिने अखिलले जनाएको छ ।

आजदेखि जिल्ला जिल्लामा जाहेरी दिने बताउदै अखिलका महासचिव दीपक धामीले भने, ‘सार्वजनिक सम्पत्ति अड्डा अदालत, प्रहरी चौकीमा तोडफोड र आगजनी भएको छ । केन्द्रको समन्वयमा आजदेखि देशैभरका जिल्ला प्रहरी कार्यालयमा जोहरी दिन्छौं ।’

यसअघि मंगलबार बालेन र सुदनविरुद्ध जाहेरी दिन अखिल जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको थियो । तर, प्रहरीले अखिलको जाहेरी दार्ता भने गरेन । प्रहरीले सरकारी वकिलसँग छलफल गरेर २४ घण्टाभित्र जवाफ दिने बताएको थियो ।