९ आश्विन २०८१, बुधबार
,
Latest
सिराहामा बाबुको हत्या अभियोगमा छोरा पक्राउ उपप्रधानमन्त्री पौडैल र चीनका समकक्षी हि लिफेङबीच बेइजिङमा भेटवार्ता मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो कोरला नाकामा सञ्चार सुविधा विस्तार सहकारी प्रकरण : राजनीतिक स्टन्टबाजी कि सुशासनको खोजी ? रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति काठमाडौं महानगरको चेतावनी– सीमाभन्दा बढी मूल्यमा सामान बेचे कारबाही पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस अपडेट: हालसम्म १ लाख ८ हजारभन्दा बढिको मृत्यु



अ+ अ-

काठमाडौं । विश्वका अधिकांश देशमा फैलिएको कोरोना भइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ८ नाघेको छ र यो क्रम बढिरहेको छ । यति बेला कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलिरहेको छ । विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण विश्वका एक चौथाइ मानिस घरिभत्रै बस्न बाध्य छन् । पछिल्लो अपढेट अनुसार भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ८ हजार ७ सय ७० जना पुगेको छ । विश्वभरमा १७ लाख ७८ हजार २ सय १० जना संक्रमित भएको पुष्टि भइकेको छ ।

संक्रमित मध्ये ४ लाख २ हजार २ सय ७२ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका करिब १५ लाखभन्दा बढीको स्वास्थ्य अवस्था खतरामुक्त नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विगत २४ घण्टामा मात्रै कोरोनाबाट ७९ हजार ३ सय २९ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । एकैदिन विश्वभर गरी ६ हजार ६८ जनाको ज्यान गएको छ ।

कोरोना भाइरसबाट सयुक्त राज्य अमेरिका सबैभन्दा बढी संक्रमित भएको छ । अमेरिकामा अहिलेसम्म ५ लाख ३२ हजार ३२ जना संक्रमित भएका छन् । त्यस्तै २० हजार ५ सय ६२ जनाको संक्रमणबाट ज्यान गएको छ भने ३० हजार २ सय ९८ जना उपचारपछि पूर्ण स्वस्थ भएर घर फर्किएका छन् । यस्तै १० हजार ३ सय २० जना संघन रूपमा उपचार गराइरहेका विश्व स्वस्थ्य संगठनले जानाएको छ । अहिलेसम्म भाइरसको संक्रमणबाट सबैभन्दा बढी ज्यान ज्यान गुमाउनेमा अमेरिका पर्छ ।

कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेमा इटली दोस्रोमा छ । अहिलेसम्म भाइरस संक्रमणबाट मृत्यु हुनेका संख्या १९ हजार ४ सय ६८ पुगेको छ भने ३० हजार ४ सय ४५ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका संक्रमित मध्ये ३ हजार ३ सय ८१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनमा ८१ हजार ९ सय ५३ जनामा संक्रमण देखिएकोमा ७७ हजार ५ सय २५ जना उपचारपछि पूर्ण स्वस्थ भइ घर फर्किएका छन् ।

३ हजार ३ सय ३९ जनाले ज्यान गुमाएको चीनमा १ सय ४१ जना अझै गम्भीर अवस्थामा रहेको जनाइएको छ । नेपालमा अहिलेसम्म ९ जनामा संक्रमण देखिएको छ । जसमा ८ जना विदेशबाट नेपाल भित्रिएका छन् भने एकजनामा नेपालमै संक्रमण देखिएको छ । १ जना पूर्ण स्वस्थ भइ घर फर्किएका छन् । ८ जनाको अस्प्तालमा उपचाररतछन् । सौर्य दैनिक