६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कोरोना भाइरस अपडेट: हालसम्म १ लाख ८ हजारभन्दा बढिको मृत्यु

कोरोना भाइरस अपडेट: हालसम्म १ लाख ८ हजारभन्दा बढिको मृत्यु
अ+ अ-

काठमाडौं । विश्वका अधिकांश देशमा फैलिएको कोरोना भइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ८ नाघेको छ र यो क्रम बढिरहेको छ । यति बेला कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलिरहेको छ । विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण विश्वका एक चौथाइ मानिस घरिभत्रै बस्न बाध्य छन् । पछिल्लो अपढेट अनुसार भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ८ हजार ७ सय ७० जना पुगेको छ । विश्वभरमा १७ लाख ७८ हजार २ सय १० जना संक्रमित भएको पुष्टि भइकेको छ ।

संक्रमित मध्ये ४ लाख २ हजार २ सय ७२ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका करिब १५ लाखभन्दा बढीको स्वास्थ्य अवस्था खतरामुक्त नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विगत २४ घण्टामा मात्रै कोरोनाबाट ७९ हजार ३ सय २९ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । एकैदिन विश्वभर गरी ६ हजार ६८ जनाको ज्यान गएको छ ।

कोरोना भाइरसबाट सयुक्त राज्य अमेरिका सबैभन्दा बढी संक्रमित भएको छ । अमेरिकामा अहिलेसम्म ५ लाख ३२ हजार ३२ जना संक्रमित भएका छन् । त्यस्तै २० हजार ५ सय ६२ जनाको संक्रमणबाट ज्यान गएको छ भने ३० हजार २ सय ९८ जना उपचारपछि पूर्ण स्वस्थ भएर घर फर्किएका छन् । यस्तै १० हजार ३ सय २० जना संघन रूपमा उपचार गराइरहेका विश्व स्वस्थ्य संगठनले जानाएको छ । अहिलेसम्म भाइरसको संक्रमणबाट सबैभन्दा बढी ज्यान ज्यान गुमाउनेमा अमेरिका पर्छ ।

कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेमा इटली दोस्रोमा छ । अहिलेसम्म भाइरस संक्रमणबाट मृत्यु हुनेका संख्या १९ हजार ४ सय ६८ पुगेको छ भने ३० हजार ४ सय ४५ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका संक्रमित मध्ये ३ हजार ३ सय ८१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनमा ८१ हजार ९ सय ५३ जनामा संक्रमण देखिएकोमा ७७ हजार ५ सय २५ जना उपचारपछि पूर्ण स्वस्थ भइ घर फर्किएका छन् ।

३ हजार ३ सय ३९ जनाले ज्यान गुमाएको चीनमा १ सय ४१ जना अझै गम्भीर अवस्थामा रहेको जनाइएको छ । नेपालमा अहिलेसम्म ९ जनामा संक्रमण देखिएको छ । जसमा ८ जना विदेशबाट नेपाल भित्रिएका छन् भने एकजनामा नेपालमै संक्रमण देखिएको छ । १ जना पूर्ण स्वस्थ भइ घर फर्किएका छन् । ८ जनाको अस्प्तालमा उपचाररतछन् । सौर्य दैनिक