१२ असार २०८३, शुक्रबार
,
Latest
लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा निर्वाचनः एमालेद्वारा दुई उम्मेदवार परिवर्तन



अ+ अ-

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तय गरेको उम्मेदवारमा हेरफेर गरेको छ । 

एमालेले १९ जनाको नाम टुंगो लगाएर सार्वजनिक गरेकोमा अन्तिम समयमा आएर दुईजना उम्मेदवार परिवर्तन गरेको हो ।

प्रदेश नम्बर एक खुला र गण्डकी प्रदेशको दलिततर्फ उम्मेदवार परिवर्तन भएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए । 

प्रदेश नम्बर १ खुलातर्फ देवराज घिमिरेको ठाउँमा स्थायी कमिटी सदस्य गुरु बराललाई एमालेले उम्मेदवार बनाएको हो । उनी मोरङका पूर्व सांसद पनि हुन् ।

यस्तै यसअघि गण्डकी प्रदेशको दलिततर्फका उम्मेदवार गोविन्द बहादुर नेपालीलाई उठाउने निर्णय गरिएकोमा अर्जुन कुमार सुनामलाई उठाउने निर्णय भएको हो ।