१३ असार २०८३, शनिबार
,
Latest
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कोभिड–१९’ को प्रतिकार्यमा सक्षम हुनेछौँ : मुख्यमन्त्री शाही



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सक्षम हुने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै उनले विकास र समृद्धिको अभियानमा अगाडि बढ्दै गर्दा अप्रत्याशितरूपमा कोरोना भाइरसले निम्त्याएको सङ्कटको कुनै पनि हालतमा सामना गरिने उल्लेख गरे । “विश्व मानवजातिका विरुद्ध खडा भएको यो सङ्कटले हामीलाई विकास र समृद्धिको अभियानबाट विचलित बनाउने छैन, बरु यो सङ्कटको सामना गर्न हामी सक्षम हुनेछौँ”, शुभकामना सन्देशमा उल्लेख छ ।

प्रदेश सरकार सम्पूर्ण साधन, स्रोत तथा संयन्त्रको परिचालनसहित सङ्कट निवारण गर्न लागि परेकाले कोही पनि नागरिक त्रसित एवं निराश नहुन मुख्यमन्त्री शाहीले आग्रह गरेका छन् । महामारीको रोकथामका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले गरेका प्रयासलाई सबैले आआफ्नो तर्फबाट सहयोग गर्न उनले आग्रह गरेका छन् ।

मुख्यमन्त्री शाहीले सबै बाधा, अवरोध र चुनौतीलाई पन्छाउँदै विकास र समृद्धिको अभियान सफल बनाई समतामूलक, समृद्ध र समाजवादी देश निर्माण गर्न सफल हुने विश्वाससहित नयाँ वर्षको अवसरमा स्वदेश तथा विदेशमा भएका दाजुभाइ, दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र दीर्घायुको कामना गरेका छन् ।