२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो रहनेछ आजको मौसम



अ+ अ-

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार सोमबार देशमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमि वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाले हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहि बांकी भू–भागमा आंशिक बदली रहेको जानकारी दिएको छ ।

यसैगरी, पूर्वानुमानमा उल्लेख भएअनुसार सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पुर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमका एक दुइ स्थानमा मेघगर्जन, हावाहुरी रचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति देशको पहाडि भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक/दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमानले जनाएको छ ।