२३ आश्विन २०८१, बुधबार
,
Latest
अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी दसैँ अविधमा यस्तो छ मौसम बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्भवतीको हेलिकप्टरबाट उद्धार



अ+ अ-

बागलुङ । सुत्केरी हुन नसकेपछि बागलुङको ढोरपाटन नगरपालिका–१ की ३३ वर्षीया भीमा भुसाल पाण्डेको हेलिकप्टरबाट उद्धार गरिएको छ । उहाँको बडिगाड गाउँपालिकाको केन्द्र ग्वालिचौरबाट उद्धार गरिएको हो ।

आज नै प्रसूति ब्यथाले थलिएकी पाण्डेको उद्धारका लागि बडिगाड गाउँपालिकाका अध्यक्ष प्रमुख सिंह पाइजाको पहलमा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले हेलिकप्टर पठाएको हो ।
ब्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पुगेकी उहाँलाई स्वास्थ्य केन्द्रले पोखरा पठाएको थियो । बाटोमा जिल्ला सदरमुकामतर्फ एम्बुलेन्समा आउँदै गर्दा ब्यथाले झन् च्याप्दै गएपछि बडिगाड गाउँपालिकाको कार्यालय परिसरमा पुर्याएको थियो । परिसरमै रहेकी उहाँलाई उद्धारका लागि हेलिकप्टर मगाइएको गाउँपालिकाका अध्यक्ष पाईजाले बताउनुभयो ।

उहाँलाई गण्डकी अस्पताल पोखरा लगिएको पाईजाले जानकारी दिनुभयो । पाण्डेका यसअघि पनि दुई सन्तान छन् । “उहाँको अवस्था देखेर माननीय मन्त्री नरदेवी पुनलाई सम्पर्क गरेँ”, अध्यक्ष पाइजाले भन्नुभयो, “उहाँले तत्काल प्रभुको हेलिकप्टर पठाउनुभयो उहाँ अस्पताल पुग्नुभएको छ ।”

स्वास्थ्य केन्द्रका अनुसार पेटमा बच्चा असामान्य अवस्थामा रहेकाले उहाँलाई पोखरा पठाइएको थियो ।