२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालोबजारीमा पक्राउ परेका अर्बपति अग्रवाल थप पाँच दिन थुनामा



अ+ अ-

काठमाडौं । कालोबजारी गरेको आरोपमा हाल थुनामा परेका अर्बपति ब्यापारी सुलभ अग्रवाललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । कार्यालयले मंगलबार प्रहरीलाई सो अनुमति दिएको छ ।

व्यापारी सुलभलाई गत २५ चैतमा महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले थर्मल गन कालोबजारी गरेको अभियोगमा नक्सालबाट पक्राउ गरेको थियो ।

काठमाडौंको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पहिलो पटक सात दिन हिरातसमा राख्न दिएको म्याद मंगलबार सकिएपछि प्रहरी पुनः म्याद थपका लागि आग्रह गरेको थियो । सोही बमोजिम जिल्ला प्रशासन कार्यालयले म्याद दिएको हो ।