१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमनोभावनाको ख्याल राखेर राज्य पद्धतिको सुधार गरौं : पूर्वराजा शाह



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य प्रवलीकरण र गतिशील व्यवस्थापनका प्रमुख परिपाटीमा जनमनोभावनाको ख्याल राखेर समय सापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी रहेको बताउनुभएको छ ।

२०८२ विजय दशमीको अवसरमा एक शुभकामना सन्देश दिदै पूर्वराजा शाहले आउँदो पुस्ताको लागि नयाँ समय, आशा, विश्वासका साथ अघि बढाउने जिम्मेवारी पुरा गर्ने सबैको साझा कर्तव्य भएको पनि जनाउनु भएको छ ।

सन्देशमा मुलुकले नयाँ पुस्ताको इच्छाशक्ति र जिम्मेवारीलाई आत्मसात् गर्दै अघि बढ्न जरुरी रहेको उल्लेख गरिएको छ । यसैगरी विगतमा देखिएका असफलता र कमीकमजोरीलाई सच्याएर भविष्यतर्फ अघि बढ्नु आवश्यक रहेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ।

सन्देशमा भनिएको छ -आधुनिक प्रविधि, विज्ञान र शिक्षा अपनाउँदै राष्ट्रलाई प्रतिस्पर्धी बनाउनुपर्ने आवश्यकता रहेको र युवापुस्ताले राष्ट्रिय भावना, अनुशासन, नवीन सोच र जिम्मेवारीका साथ योगदान दिनुपर्ने जनाउनु भएको छ ।