६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

४८ घण्टामा नयाँ संक्रमित भेटिएनन्

४८ घण्टामा नयाँ संक्रमित भेटिएनन्
अ+ अ-

काठमाडौं । स्वास्थ्य मन्त्रालयले विगत ४८ घण्टाभित्र कुनै पनि नयाँ संक्रमित नभेटिएको जनाएको छ । पछिल्ला केही दिन दैनिक रुपमा संक्रमित भेटिएपनि बुधबार र विहिवार भने नयाँ संक्रमित फेला नपरेको जनाएको हो । विहिवार अपरान्हसम्म १६ जना संक्रमित व्यक्ति रहेको र ति मध्ये १५ जना उपचारका क्रममा विभिन्न अस्पतालमा रहेका छन् । उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । जसमध्ये बागलुङकी ६५ वर्षिया महिलाको तेस्रो रिपोर्ट नेगेटिभ आएको छ । उनको चौथो पटक स्वाब परीक्षण गर्न पठाइएको छ । सो स्वाब परीक्षण पनि नेगेटिभ आएमा उनलाई शुक्रबार डिस्चार्ज गरिने धौलागिरि अञ्चल अस्पताल बागलुङले जानकारी दिएको छ ।

दोस्रो परीक्षणमा भने यी महिलाको नतिजा पोजेटिभ आएको थियो । उनिसँगै उपचार गरिरहेकी १९ वर्षिया युवतिको चौथो रिपोर्ट भने पोजेटिभ आएको छ । रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) र र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरी दुवै विधिबाट हालसम्म १५ हजार ८०० परीक्षण सम्पन गरिएको मन्त्रालयले जानकारी दिएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पिसिआर प्रविधिबाट हालसम्म छ हजार ८७१ र आरडिटी प्रविधिबाट आठ हजार ९२९ वटा टेस्ट भएको बताए । त्यस्तै गत २४ घण्टाभित्र कूल दुई हजार ८९४ परीक्षण भएका छन् । उनका अनुसार ती परीक्षण गरिएकामध्ये अहिलेसम्म १६ जनामा मात्र कोभिड–१९ को संक्रमण देखिएको छ । जसमा एक जना निको भएर घर फर्किसकेका छन् ।

आरडीटी परीक्षण ६९ जिल्लामा शुरू भइसकेको र अब ८ जिल्लामा शुरू हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ । ताप्लेजुङ, इलाम, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, मनाङ, रुकुम पूर्व र डोल्पामा बाँकी रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । क्वारेन्टाइनमा ४ हजार ९०१ जना रहेका छन् । आइसोलेसनमा १०३ जना रहेका छन् । मोबाइल एप, वेभपेज लगायतमा स्वास्थ्यको जानकारी लिनेको संख्या १८ हजार ४३४ रहेको मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये अहिलेसम्म २४७ जनालाई रेडजोनमा राखिएको छ । रेडजोनका मानिसहरूको संक्रमित हुन सक्ने भएकाले उनीहरूको ट्रेसिङको काम भइरहेको छ ।

वीरगञ्ज महानगरपालिका–२ अन्तर्गत छपकैयामा विहिवार ४०० जनाको आरडीटी किट परीक्षणबाट गरिएको नमूना परीक्षणको नतिजा नेगेटिभ आएको मन्त्रालयले जनाएको छ । त्यसैगरी परीक्षणसँगै क्वारेन्टाइनमा बस्नेको सख्या घट्दै गएको प्रवक्ता देवकोटाको भनाइ छ । उनका अनुसार हाल क्वारेन्टाइनमा बस्नेको सख्या पाँच हजार ६१४ रहेको छ । अहिलेसम्म आइसोलेशनमा ११७ रहेका छन् । तीमध्ये काठमाडौँ उपत्यकामा ११ जना छन् भने उपत्यका बाहिर १०६ जना रहेका छन् । पत्रकार सम्मेलनमा इपिडिमोलोजी रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले उपत्यकामा पनि स्थानीय तहसँगको समन्वयमा विदेशबाट आएका व्यक्तिको परीक्षण भइरहेको बताए ।

सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र विदेशबाट आएकाले परीक्षण गराउनुपर्ने:स्वास्थ्य मन्त्रालयले कोभिड–१९ निदानका लागि चैत महिनामा विदेशबाट आएका सबैलाई कोरोना परीक्षण गराउन अनुरोध गरेको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रले विहिवार एक सुचना जारी गरी आरडीटी विधिबाट परीक्षण गराउन भनेको हो ।

मन्त्रालयले कोभिड पोजेटिभ बिरामीको सम्पर्कमा आएका, कोभिडको लक्षण देखिएका र उनिहरुका सम्पर्कमा आएका सबैलाई पनि परीक्षण गर्न अनुरोध गरेको छ । यस्तै, १४ दिन भन्दा बढि क्वारेन्र्टानमा बसेका, कोभिड उपचार, निदान, नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित सबैलाई कोरोनाको परीक्षण गराउन भनेको छ । सौर्य दैनिक