६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सनसिटी घटनापछि स्थानीय तह थप सक्रिय

सनसिटी घटनापछि स्थानीय तह थप सक्रिय
अ+ अ-

काठमाडौँ । उपत्यकाका स्थानीय तह कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण फैलन नदिन थप सजग हुँदै क्रियाशील हुन थालेका छन् । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ स्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई व्यक्तिमा तीन दिनअघि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन झन् प्रभावकारी बनाई थप सजग भएका हुन् । कतिपय स्थानीय तहले अपरिचित व्यक्तिलाई पालिकाभित्र प्रवेश निषेध गरिएको छ भने कतिपयले बिहानको हिँड्डुल (मर्निङवाक) गर्न पूर्णतया रोक लगाएका छन् । त्यस्तै कतै दुई महिनादेखि विदेशबाट नगरपालिकाभित्र आएका व्यक्तिको खोजी गरी सबैको स्वास्थ्य परीक्षण गरी र्यापिड डाइग्नोस्टिक टेस्ट गर्ने कार्य तीव्र बनाएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पालिका स्तरका योजना थप प्रभावकारी बनाउन लागिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले जानकारी दिए । उपत्यकाका १८ वटै नगरपालिकाले यसअघि नै पालिका स्तरको क्षमता अनुसार क्वारेन्टाइन निर्माण गर्ने, विदेशबाट आएका सबै व्यक्तिको तथ्याङ्क राख्ने, असङ्गठित क्षेत्रमा कार्यरत दैनिक ज्याला मजदुरी गर्ने नागरिकलाई राहत वितरण गर्ने, अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता दिने र सोको अनुगमन गर्ने काम भने गरिसकेका छन् ।

तारकेश्वरमा १५२ को परीक्षण : काठमाडौँको तारकेश्वर नगरपालिकामा विदेशबाट आएका १५२ जनाको कोरोना भाइरस परीक्षण गर्ने क्रममा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणमा कोरोनाको सङ्केत देखिएको छैन । सबै जनामा ‘नेगेटिभ’ देखिएपछि यस्तो परिणाम निस्किएको हो ।
सो नगरपालिका अन्तर्गत धर्मस्थली स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्राविधिकको सहयोगमा विदेशबाट आएका ती व्यक्तिको स्वास्थ्य परीक्षण गरिएकोमा नेगेटिभ नतिजा आएको तारकेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनार्दनप्रसाद अधिकारीले जानकारी दिए ।

विदेशबाट आउनेमा कोरोना भाइरस सङ्क्रमणको अवस्था परीक्षण गर्न नगरपालिकाले गरेको आह्वान अनुसार शीघ्र परीक्षण गरिएको जानकारी दिइएको छ । यसैबीच नगरप्रमुख रामेश्वर बोहराको अध्यक्षतामा बसेको बैठकले नगरभित्र बिहान ६ देखि ८ बजेसम्म मात्रै अत्यावश्यक पसल खोल्न दिने निर्णय गरेपछि बिहीबारबाट दिउँसोको समयमा सडकमा मानिसको ओहोरदोहोर घटेको छ ।

पसल बिहान तीन घन्टा खुल्ने:नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण रोक्न नगरपालिका भित्रका खाद्य सामग्री पसल बिहान ५ देखि ८ बजेसम्म मात्र दिनको एकपटक खोल्न आग्रह गरेको छ । यो नियम बिहीबारदेखि नै लागू भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार ठेलागाढा लगायत सबै पसल बन्द गरिएको छ भने औषधि पसल भने चौबीसै घन्टा खुला रहनेछन् । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोराले सार्वजनिक रूपमा आह्वानसमेत गरेका छन् । उनले कोरोना भाइरस सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउन सफल बनाउन स्थानीय विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, क्लबका पदाधिकारी लगायत सबै जिम्मेवार नागरिकले आ–आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

नागार्जुनमा स्वयंसेवक परिचालन:नागार्जुन नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन नेपाल सरकारद्वारा जारी कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि समुदायमा स्वयंसेवक परिचालन सम्बन्धी मार्गदर्शन अनुसार वडाध्यक्षको संयोजकत्वमा स्वयंसेवक गठन गरी परिचालन गरेको छ । स्वयंसेवकले गरेका कामको प्रतिवेदन दैनिक रूपमा नगरपालिकामा पठाउने आग्रह गरिएको नगर प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिए ।

उल्लङ्घन गरे जरिवाना:चन्द्रागिरी नगरपालिकाले अत्यावश्यक वस्तु बिक्री वितरण गर्ने पसलले सामाजिक दूरी कायम गर्न एक मिटरको अन्तरमा इनामेलले पेन्ट गरी स्थायी सामाजिक दूरी बनाउनुपर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ । बन्दाबन्दी उल्लङ्घन गरी घरबाहिर सडकमा हिँड्डुल गरे एक सय रुपियाँ जरिवाना र अत्यावश्यक भन्दा बाहेकका पसल खोले उक्त पसललाई एक हजार रुपियाँ जरिवाना गर्दै आएको छ । अहिलेसम्म उक्त शीर्षकबाट ६० हजार रुपियाँ जरिवाना स्वरूप राजस्व सङ्कलन भइसकेको नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए । ललितपुरको महालक्ष्मी नगरपालिकाले अपरिचित व्यक्तिलाई नगर क्षेत्रभित्र आए प्रवेश निषेध गर्ने निर्णय गरेको छ ।

मध्यपुरमा स्वास्थ्य परीक्षण तीव्र:मध्यपुर ठिमी नगरपालिकाले विदेशबाट आएका नागरिकको खोजीखोजी स्वास्थ्य परीक्षण गरेको छ ।

टोखामा मेडिकल टिम परिचालन:टोखा नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृतको नेतृत्वमा स्वास्थ्य टिम परिचालन गरेको छ ।

गोकर्णेश्वरमा निःशुल्क एम्बुलेन्स सेवा:गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर चौबीसै घन्टा नगरपालिका क्षेत्रमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । गोरखापत्र दैनिक