६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

र्यापिड टेस्टमा ६ जनाको रिपोर्ट पोजेटिभ देखियो

र्यापिड टेस्टमा ६ जनाको रिपोर्ट पोजेटिभ देखियो
अ+ अ-

काठमाडौं । कर्णाली प्रदेशबाट धनगढीको प्रयोगशालामा परीक्षणका लागि ल्याइएका दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । यसैगरी, हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्यापिड टेस्टमा पनि चार जनाको पोजेटिभ देखिएको छ । धनगढीस्थित राजधानी सहकर्मी दीपक ओलीका अनुसार, धनगढीस्थित पशुपक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटी–पीसीआर मेसिनमा परीक्षण गर्दा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो । संघीय सरकारले मेसिन पठाएपछि हालै धनगढीस्थित पशुपक्षी अन्वेषण प्रयोगशालामा आरटी–पीसीआर मेसिन जडान गरिएको थियो ।

कर्णाली प्रदेशको सुर्खेतबाट ल्याइएका ९९ वटा थ्रोट स्वाबको नमुना परीक्षण गर्दा दुई जनामा कोरोनाको संक्रमण देखिएको बताइएको छ । कोरोना पोजेटिभ देखिएका उनीहरू दुवै जना रुकुम पश्चिमका हुन् । दुवै जना भारतबाट आएका हुन् । रिपोर्ट पोजेटिभ देखाएपछि उनीहरूको थ्रोट स्वाब पुनः परीक्षणका लागि काठमाडौं पठाइएको प्रादेशिक अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले बताए । रिपोर्ट पोजेटिभ देखाएपछि होम क्वारेन्टाइनमा रहेका उनीहरूलाईरुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पतालमा लगिएको छ ।

यसैगरी, हेटौंडास्थित राजधानी सहकर्मी धुु्रव अधिकारीका अनुसार, हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्यापिड टेस्टमा चार जनाको पोजेटिभ देखिएको छ । हेटौंडा–१५ चुरियामाई र हेटौंडा–४ बासुदेव सभागृहमा भएको र्यापिड टेस्टमा चार जनाको पोजेटिभ आएको हो । वासुदेव सभागृहमा भएको ४० जनाको टेस्टमा एक महिला र ३ पुरुषमा रिपोर्ट पोजेटिभ आएको टेस्टमा संलग्न मेलानका केन्द्रीय सचिवालय सदस्य उत्सव चौलागाईंले बताए । उनीहरूमध्ये भारत विहार घर भई हेटौंडा–४ घर भएका आफन्तकहाँ आएकी ५५ वर्षीया एक महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ वर्षीय एक वृद्ध, भारत बैंग्लोरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय युवक र साउदी अरबबाट फर्किएका ३२ वर्षीय युवक रहेका छन् ।

उनीहरूलाई पीसीआर जाँचका लागि स्वाब संकलनका लागि हेटौंडा अस्पताल लगिएको छ । हेटौंडा–१५ मा गरिएको टेस्टमा भने सबैको नेगेटिभ पाइएको छ । पीसीआर टेस्ट गर्न उनीहरूलाई आइसोलेसनमा राखिएको छ । उनीहरू चारै जनाको हेटौंडाको ल्याबमा पीसीआर (स्वाब) टेस्ट गर्ने तयारी गरिएको छ । उनीहरूलाई हेटौंडा–४ कर्रामा रहेको आइसोलेसनमा राखिएको हेटौंडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।

हेटौंडामा विदेशबाट फर्किएकाहरूलाई टोलटोलमा पुगेर र्यापिड टेस्ट गर्न सुरु गरिएको हो । कोरोना भाइरस लागेको छ कि छैन भनेर परीक्षण गर्न र्यापिड टेस्ट गर्न सुरु गरिएको महतले बताए । राजधानी दैनिक