४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

आकर्षक अफरहरू सहित अमेरिकामा हाम्रो पात्रो रेमिटको पुनः शुभारम्भ

आकर्षक अफरहरू सहित अमेरिकामा हाम्रो पात्रो रेमिटको पुनः शुभारम्भ
अ+ अ-

काठमाडौँ; विश्वभरिका नेपालीहरूको मन जित्न सफल मोबाइल एप हाम्रो पात्रोले अमेरिकाबाट नेपाल पैसा पठाउने सेवा “हाम्रो पात्रो रेमिट” पुनः सुरु गरेको छ। अब अमेरिका निवासी नेपालीहरूले आफ्ना आफन्तजनलाई सजिलै, छिटो र सुरक्षित रूपमा रकम पठाउन सक्नेछन्।

विशेषगरी नेपालीहरूको महान चाड बडादसैंलाई लक्षित गर्दै, हाम्रो पात्रो रेमिटले यो सेवाका प्रयोगकर्ताहरूका लागि आकर्षक अफरहरू पनि उपलब्ध गराएको छ।

दसैंको शुभ अवसरमा, हाम्रो पात्रो रेमिट मार्फत प्रयोगकर्ताहरूले १,००० अमेरिकी डलर वा सोभन्दा बढी रकम ट्रान्सफर गर्दा कुनैपनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन। दसैंमा परिवार र आफन्तलाई आर्थिक साथ दिन चाहने पहिलो ५,००० नयाँ प्रयोगकर्ताहरूले आफ्नो पहिलो ट्रान्सफरमा १ अमेरिकी डलर बराबर रू. १५० को विशेष विनिमय दर प्राप्त गर्नेछन्।

हाम्रो पात्रोका संस्थापक तथा सीईओ शंकर उप्रेती भन्नुहुन्छ, “हाम्रो पात्रो रेमिटले प्रदान गर्ने छिटो सेवा, पारदर्शी शुल्क र भरपर्दो डेलिभरी प्रणालीले गर्दा प्रयोगकर्ताले पठाएको हरेक डलरले घरमा थप माया, भरोसा र महत्व ल्याउनेछ”। “अमेरिकाबाट नेपालीहरूले सजिलै आफ्ना परिवारलाई आर्थिक सहयोग गर्न सकून् भन्ने हाम्रो मूल उद्देश्य हो,” उहाँले थप्नुभयो ।

प्रयोगकर्ताले पैसा पठाउनु अघि नै थाहा पाउनेछन् कि प्राप्तकर्ताले कति रुपैयाँ पाउनेछन्, जसले सेवा पूर्णरूपमा पारदर्शी बनाउँछ। रकम सिधै नेपालका प्रमुख बैंकहरूमा जम्मा हुन्छ र नियमित बैंकिङ समयअनुसार छिटो सम्पादन गरिन्छ। साथै, यदि प्रयोगकर्ताहरूलाई कुनैपनि दुविधा या जिज्ञासा भएमा हाम्रो पात्रो एपमै हाम्रो समर्पित ग्राहक सेवा टोली, २४ घण्टा नै तपाईंको साथमा रहनेछन्।

हाम्रो पात्रो रेमिट अमेरिकाको संघीय र राज्य सरकारको नियम अनुसार काम गर्ने अनुमोदित साझेदारहरूसँग मिलेर सञ्चालन गरिएको छ। यसमा प्रयोगकर्ताको जानकारी र रकमको सुरक्षाका लागि आवश्यक सबै प्रक्रिया अपनाइएको छ । जस्तै, KYC प्रक्रिया, अवैध क्रियाकलाप रोक्ने (AML) र सम्पूर्ण जानकारीको गोपनियता राख्ने प्रविधि (end-to-end encryption)। त्यसबाहेक, हाम्रो पात्रो रेमिट मार्फत प्रयोगकर्ताहरूले अमेरिकाबाटै नेपालमा रहेका आफन्तहरूको बिजुली, इन्टरनेट, पानी लगायतका बिलहरू तिर्न मिल्ने, आफ्नो डिजिटल वालेटमार्फत झन छिटो पैसा पठाउन सक्ने र  फ्रिलान्सरहरू र साना व्यवसायीहरूलाई अमेरिकी क्लाइन्टबाट सजिलै भुक्तानी लिन मिल्ने जस्ता आकर्षक सुविधा पनि छिट्टै थपिने हाम्रो पात्रो टिमको विश्वास छ। “जहाँ नेपाली, त्यहाँ हाम्रो पात्रो” भन्ने भावना बोकेको यो एपले अझ गहिरो अपनत्व, पहुँच र सेवा दिन निरन्तर प्रयास गरिरहेको छ।