६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

युरोपले मृत्यु हुनेको संख्या ढाँटेको हो !

युरोपले मृत्यु हुनेको संख्या ढाँटेको हो !
अ+ अ-

जनसंख्याको दृष्टिले बेल्जियममा कोरोनाबाट भएको मानिसको मृत्युदर विश्वमै सबैभन्दा बढी छ । तर, त्यहाँको सरकारले मृत्युको तथ्यांक सार्वजनिक गर्ने सवालमा आफूहरू पारदर्शी भएको र तथ्यांक नलुकाएको भन्दै अन्य युरोपली मुलुकले सार्वजनिक गरेको तथ्यांकप्रति औँलो ठड्याएको छ । एक करोड १६ लाख जनसंख्या भएको बेल्जियममा शनिबारसम्म कोरोनाबाट पाँच हजार एक सय ६३ जनाको मृत्यु भएको छ । त्यस्तै, ३६ हजार एक सय ६३ जना संक्रमित छन् । अस्पतालबाहिर विशेषगरी केयर होम र घरमा मृत्यु भएका मानिसको तथ्यांक सार्वजनिक गरिएको, तर अन्य देशमा यस्तो तथ्यांक लुकाइएको उसले दाबी गर्दै आएको छ ।

सरकारका अनुसार कुल मृतकको संख्यामध्ये केयर होम र घरमा आधाको मृत्यु भएको थियो । बेल्जियमको भनाइसँगै अन्य देशले मृतकको संख्या लुकाएको हुन सक्ने सम्भावनामा अझै बल पुगेको अमेरिकाको वालस्ट्रिट जर्नलले जनाएको छ । बेल्जियमको संघीय स्वास्थ्य सेवाका अनुसार सरकारले सार्वजनिक गरेको तथ्यांकमध्ये ४९ प्रतिशत संख्या अस्पतालमा मृत्यु भएकाहरूको हो । बाँकी ४९ प्रतिशतको केयर होममा मृत्यु भएको थियो भने झन्डै १ प्रतिशतको घर वा अन्य स्थानमा ज्यान गएको थियो । केयर होममा मृत्यु भएकामध्ये ९४ प्रतिशतको कोरोनाको उपचार भएको थिएन तथापि उनीहरूमा शंकास्पद लक्षण देखिएको थियो ।

यस अर्थमा युरोपका अन्य देशहरूले जस्तै गणना गरेको भए बेल्जियममा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या अहिले आधिकारिक रूपमा सार्वजनिक गरिएभन्दा आधा मात्र हुने वालस्ट्रिटले जनाएको छ । ‘युरोपमा हामीले जस्तो अन्य देशले गणना गरेका छैनन् । हामीले बृहत् रूपमा मृतकको तथ्यांक सार्वजनिक गरेका छौँ,’ बेल्जियमका स्वास्थ्यमन्त्री म्यागी डी ब्लकले भने । फ्रान्स, स्पेन, इटाली र युकेका स्वास्थ्य अधिकारीहरूले केयर होममा मृत्यु हुने मानिसको संख्याबारे बेवास्ता गरेको र ती देशले महामारीलाई गोप्य राख्न खोजेको विज्ञहरूले बताइरहेका वेला बेल्जियमको पछिल्लो धारणा सार्वजनिक भएको हो ।

बेलायतमा कोरोनाबाट घरमै चार हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ र यो संख्यालाई सरकारले सार्वजनिक गरेको कुल तथ्यांकमा समावेश गरिएको छैन । बेलायतमा शुक्रबारसम्म १४ हजार पाँच सय ७६ को मृत्यु भइसकेको छ भने एक लाख नौ हजार संक्रमित छन्।एक महिनाअघि इटालीको बर्गामो सहरका मेयरले पनि केयर होममा कोरोनाबाट मृत्यु हुने मानिसको तथ्यांक सरकारले सार्वजनिक नगरेको गुनासो गरेका थिए । बर्गामो इटालीमा कोरोनाको केन्द्रबिन्दु बनेको छ । ‘केयर होम र घरमा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या उल्लेख्य छ । तर, सरकारले सार्वजनिक गरेको तथ्यांकमा ती स्थानमा मृत्यु हुने मानिस समावेश छैनन्,’ मेयर जर्जिओ गोरीले भने ।

अप्रिलको सुरुसम्म फ्रान्सले पनि आफूले सार्वजनिक गरेको मृतकको तथ्यांकमा केयर होममा मृत्यु हुने व्यक्तिको नाम समावेश गरेको थिएन । तर, अप्रिल ३ मा पहिलोपटक उसले सार्वजनिक गरेको तथ्यांकमा केयर होममा एक हजार चार सय १६ थप मृत्यु भएको उल्लेख छ । तर, एकतिहाइ केयर होमले तथ्यांक उपलब्ध नगराएको सरकारले बताएको थियो । यसैबीच, स्पेनमा क्षेत्रीय सरकारले भाइरसबाट ८ मार्चदेखि ८ अप्रिलसम्म मृत्यु भएको कुल संख्याको ५७ प्रतिशत केयर होममा भएको गार्जियनले जनाएको छ । नयाँ पत्रिका दैनिक