६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

भाइरोलोजीमा पिएचडी गरेका डाक्टर पुन १८ वर्षदेखि करारमा, फोन उठाउन नसक्दा कारबाहीमा

भाइरोलोजीमा पिएचडी गरेका डाक्टर पुन १८ वर्षदेखि करारमा, फोन उठाउन नसक्दा कारबाहीमा
अ+ अ-

डा. शेरबहादुर पुन जसले भाइरोलोजीमा जापानबाट पिएचडी गरे, जसले टेकु अस्पतालमा १८ वर्षदेखि सेवा गरिरहेका छन्, सुन्दा धेरैलाई आश्चर्य लाग्ला– उनी त्यहाँका स्थायी कर्मचारी होइनन् । हो, उनी १८ वर्षदेखि करारमा छन् । यो बीचमा उनले सार्स, मलेरिया, कालाजार, जापानिज इन्सेफ्लाइटिस, स्वाइनफ्लु, डेंगुजस्ता संक्रामक रोगको बहादुरीपूर्वक सामना गरे, पुरस्कारमा सरकारले उनलाई अस्पताल छाडेर मन्त्रालयमा हाजिर हुन भनेको छ । त्यो पनि देश र दुनियाँ कोभिडजस्तो महामारीविरुद्ध संघर्ष गरिरहेको वेला ।

गत बुधबार र बिहीबार टेकु अस्पतालका अधिकांश मेडिकल अफिसर आइसियूबारे तालिम लिन ह्याम्स अस्पताल गएका थिए । लगातार दुई दिन अस्पतालको ओपिडी डा. पुनले धानेको टेकु अस्पतालले जनाएको छ । अहिले सो अस्पतालमा कोभिड आशंका गरिएका बिरामी मात्रै आउने भएकाले पुन फुल पिपिई लगाएर बिरामी हेर्न बसेका थिए । त्यही वेला उता मन्त्रालयमा उनलाई बोलाएर जानकारी लिने तयारी भइरहेको थियो । कोभिड उपचार गर्ने देशको मुख्य अस्पताल टेकुका सरुवारोग विशेषज्ञ तथा क्लिनिकल रिसर्च युनिट संयोजक पुनले सञ्चारमाध्यममा कोभिडबारे लेखेको र बोलेको विषयमा मन्त्रालयले सोधपुछ गर्ने तयारी गरेको थियो ।

त्यसका लागि उनलाई फोन गरिएको थियो । ‘पिपिई लगाएर उपचारमा जुटेको स्वास्थ्यकर्मीले फोन उठाउन मिल्दैन, त्यो प्राविधिक रूपमा सम्भव छैन र अझ स्वास्थ्य प्रोटोकलले पनि त्यसो गर्न दिँदैन,’ डा. पुनले भने, ‘बिहीबार दिउँसो फोन आएको रहेछ, बेलुका मात्र थाहा पाएँ । मास मिडियामा किन बोलेको, किन लेखेको भनेर मन्त्रालयको चासो रहेछ ।’ आमसञ्चारका माध्यमबाट कोभिडविरुद्ध जनचेना फैलाएको विषयमा सोधपुछ गर्न मन्त्रालयले बोलाएको थियो । त्यसैले दिनभर बिरामीको सेवामा जुटेका डा. पुन साँझ घर गए । ‘मैले बोलेको विषयले देशमा केही भवितव्य परेको थिएन । फेरि रातिराति मन्त्रालय जाने कुरा भएन, शुक्रबार केही बिरामी हेरेर मन्त्रालय जाने सोच बनाएको थिएँ,’ उनले भने । तर, भन्नासाथ नआएको भनेर उनलाई पत्र नै लेखेर मन्त्रालयमा हाजिर हुन भनिएको छ ।

यसरी बिरामीको उपचारमा संलग्न चिकित्सकलाई २४ घन्टासमेत समय नदिई अहंकारपूर्वक कारबाही गरिएको छ । ‘२४ घन्टा पनि नबित्दै मलाई लिखित नै स्पष्टीकरण सोध्ने भनेर पत्र तयार पार्नुभएछ । मलाई त्यसरी हतोत्साही गराउन उहाँहरूले किन आवश्यक ठान्नुभयो, मैले बुझेको छैन । अन्योलमा छु,’ उनले भने । कोभिडबारे जनचेतना फैलाएको विषयमा चिकित्सकलाई कारबाही भएको विषयले सबैलाई आश्चर्यमा पारेको छ, डा। पुन आफैँ पनि चकित परेका छन् । भन्छन्, ‘यो वेला मानिसहरू विभिन्न भ्रम–त्रासमा बसिरहेका छन् । त्यसलाई चिर्ने विशेषज्ञ स्वास्थ्यकर्मीले नै हो । त्यसैले कोभिडबारे मैले लेख्ने र बोल्ने काम गर्दै आएको छु । यो हाम्रा पेसागत दायित्व मात्र होइन, मानवीय धर्म पनि हो । तर, त्यसैलाई पाप र गैरकानुनी भनिन्छ भने मेरो भन्नु केही छैन ।’

डा. पुनको योग्यता र विज्ञतालाई अन्तर्राष्ट्रिय जगत्ले पनि पहिचान दिएको छ । संक्रामक रोगसम्बन्धी अन्तर्राष्ट्रिय जर्नलमा शेरबहादुरका ‘पेपर’हरू प्रकाशित भइरहन्छन् । उनी संक्रामक रोगबारे नेपाली मिडियामा पनि खुलेर बोल्छन् । ‘डाक्टरको काम औषधिको प्रेस्क्रिप्सन लेख्ने मात्र होइन, रोग नै नलागोस् भनेर जनतालाई सचेत गराउनु हाम्रो दायित्व हो,’ उनी भन्छन्, ‘कोभिडजस्तो महामारीबारे चेतना एक–एकजनालाई भेटेर दिन सम्भव हुँदैन, मास मिडियाबाट जानुपर्छ ।’ उता डा. पुनको यो सामान्य तर्क पनि मन्त्रालयले बुझेको छैन । सूचना दिने पनि समय हुन्छ भन्छन् मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख रघुराम विष्ट । उनले भने, ‘जनतालाई सूचना दिने पनि समय हुन्छ । जथाभावी दिन आवश्यक छैन । एकद्वार प्रणाली हुन्छ । मन्त्रालयमा प्रवक्ता डा. विकास देवकोटाभन्दा अर्को व्यक्ति बोलेको छैन ।’

तर, प्रवक्ता देवकोटालाई भने डा. पुनलाई किन कारबाही गरिएको भन्ने पनि जानकारी ‘छैन’ । शनिबार साँझ उनले भने, ‘मैले यो विषयमा राम्ररी बुझेको छैन, त्यसैले मैले बोल्नु उपयुक्त हुँदैन ।’ जनचेतनाका लागि लेख्दै र बोल्दै आएका पुनको शैली सरकारलाई मन परेको थिएन । यस्तो काम मन्त्री र वरिष्ठ कर्मचारीले गर्ने हो भन्ने मान्यता उनीहरूको छ । फ्रान्सबाट आएकी युवतीको कोरोना परीक्षणको रिपोर्ट स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रालयमा भव्य पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका थिए, जब कि बिरामीको उपचार गरिरहेका डाक्टरहरूलाई यो विषयमा जानकारी नै दिइएको थिएन । अर्को केस भेटिएपछि पनि मन्त्री ढकालले नै पत्रकार सम्मेलन गरेका थिए । तर, ६ चैतमा दुबई हुँदै आएका व्यक्तिलाई कतार भनिदिएपछि अन्योल बढेको थियो ।

कतिसम्म भने अन्तर्राष्ट्रिय विमानस्थलले ६ चैतमा कतारबाट आएको जहाजका यात्रुको सूची खोज्न थालिसकेको थियो, तर जहाज दुबईबाट आएको भन्ने खुलेपछि यस्ता मेडिकल रिपोर्ट मन्त्रीले सार्वजनिक गर्न छाडेका छन् । तर, विज्ञ डाक्टर आमसञ्चारका माध्यममा बोलेर ‘हिरो’ हुन खोजेको भन्दै मन्त्रालय आक्रोशित थियो । त्यही आक्रोशको परिणामस्वरूप डा। पुनलाई अस्पतालबाट मन्त्रालय सारिएको हो । तर, सरकारले अहं प्रकट गर्दा यो संकटको वेला टेकु अस्पतालले एक विज्ञ डाक्टरको सेवा गुमाउने अवस्था सिर्जना भएको छ । नयाँ पत्रिका दैनिक