४ असार २०८३, बिहीबार
,
Latest
अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री प्रतिनिधिसभाः सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री प्रतिनिधिसभाः सम्पत्ति छानबिन आयोगबाट अख्तियारको काममा हस्तक्षेप हुँदैनः अर्थमन्त्री प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा बजेटमा कर्णाली, मधेस र सुदूरपश्चिमलाई प्राथमिकता दिइएको छः अर्थमन्त्री डा वाग्ले श्रम मन्त्रालयद्वारा ‘फ्रन्टलाइन’ अस्पतालको अनुगमन प्रहरी पोसाक खरिदमा परिवर्तन, अब टेन्डर हटाएर नगद दिने तयारी राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय गाडीलाई ‘टाइम कार्ड’



अ+ अ-

कञ्चनपुर। पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै आउने भारतीय ‘नम्बर प्लेट’का सवारीसाधनका लागि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ ।

भन्सार महसुल ऐन,२०८१ को अनुसूची–५ मा भएको व्यवस्थाबमोजिम भारतीय सवारीसाधनलाई नजिकको महेन्द्रनगर बजारसम्म आउने–जाने कार्यका लागि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

यस कार्यले सीमा नाका हुँदै आउने भारतीय सवारीसाधनको अभिलेख राख्नुका उनीहरूका गतिविधिबारे अनुगमन गर्न पनि सहज हुने उहाँले बताउनुभयो । “यस प्रणालीअन्तर्गत सीमा नाका हुँदै आउने भारतीय गाडीलाई समय तोकेर पठाइनेछ ।

निर्धारित समयभित्र सो गाडी फर्कनुपर्नेछ । निर्धारित समयभित्र नफर्कने गाडी नियन्त्रणमा लिएर कारबाही गरिनेछ”, बोहराले भन्नुभयो ।रासस