३१ श्रावण २०८३, आईतवार
,
Latest
जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘क्षतिग्रस्त भवन प्राविधिक परीक्षण नगरी प्रयोग नगर्नु’



अ+ अ-

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जेनजी प्रदर्शनमा क्षतिग्रस्त भवनको प्राविधिक परीक्षण नगरी प्रयोग नगर्न सबैमा अनुरोध गरेको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले परीक्षण बिनै रङ्गरोगन गरी प्रयोग गर्दा झन् जोखिम हुनसक्ने भएकाले प्राविधिक परीक्षणबाट उपयुक्त छ भन्ने यकिन भएपछि मात्रै प्रयोग गर्न अनुरोध गरिएको जानकारी दिनुभयो ।

उहाँले बढी क्षति भएका संरचनाको भने संरचनात्मक अवस्था मूल्याङ्कन नगरी रङ्गरोगन नगर्न र नगराउन पनि अनुरोध गरिएको बताउनुभयो । प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, “बढी क्षति भएका भवनको संरचनात्मक अवस्था मूल्याङ्कन नगरी रङ्ग रोगनसमेत नगर्नु÷नगराउनु हुन आग्रह गर्दछौँ ।”

प्रहरीको प्रारम्भिक विवरणमा जेनजी प्रदर्शनमा ६०० भन्दा बढी भवन पूर्णरूपमा जलेर नष्ट भएको छभने एक हजार ५०० बढी भवनमा आंशिक क्षति पुगेको छ ।

प्राधिकरणले तिको मूल्याङ्कनका लागि प्रारुप तयार पार्न सरोकारवाला निकायको सहभागितामा समिति गठन गरेर काम थालिसकेको जनाएको छ । रासस