४ असार २०८३, बिहीबार
,
Latest
अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री प्रतिनिधिसभाः सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री प्रतिनिधिसभाः सम्पत्ति छानबिन आयोगबाट अख्तियारको काममा हस्तक्षेप हुँदैनः अर्थमन्त्री प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा बजेटमा कर्णाली, मधेस र सुदूरपश्चिमलाई प्राथमिकता दिइएको छः अर्थमन्त्री डा वाग्ले श्रम मन्त्रालयद्वारा ‘फ्रन्टलाइन’ अस्पतालको अनुगमन प्रहरी पोसाक खरिदमा परिवर्तन, अब टेन्डर हटाएर नगद दिने तयारी राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात थान पेस्तोल, छ वटा म्याग्जिन र गोलीसहित दुई पक्राउ



अ+ अ-

काठमाडौँ। प्रहरीले काठमाडौँ महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट सात थान पेस्तोल, छ थान म्याग्जिन र ३३ राउण्ड एसएलआरको गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर गढी गाउँपालिका–८ घर भई हाल तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने ३० वर्षीय हिराबहादुर मगर तथा रामेछाप मन्थली नगरपालिका घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बोहरेटार बस्ने २८ वर्षीय लक्ष्मण श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हिराबहादुरले पार्किङ गरी राखेको बा प्र ०१–००२ प ६४४९ नम्बरको ट्याक्सीमा विभिन्न हातहियार रहेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरी र प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ट्याक्सीमा तलासी गर्दा डिक्की भित्र लुकाइ राखिएको अवस्थामा उक्त हातहतियार फेला पारी दुई जनालाई पक्राउ गरिएको हो ।”

हिराबहादुर मगरलाई हिजो र लक्ष्मण श्रेष्ठलाई आज  पक्राउ गरिएको र उनीहरुको साथबाट प्रहरीले पेस्तोल सात थान, म्याग्जिन ६ थान, एसएलआर राईफलमा प्रयोग हुने गोली ३३ राउण्ड, ‘वाकीटकी ह्याण्ड सेट’को ब्याट्री एक थानलगायतका सामान बरामद गरिएको प्रवक्ता चन्दले बताउनुभयो ।

फेला परेको उक्त हतियारका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस