१२ असार २०८३, शुक्रबार
,
Latest
काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

३० खर्ब डलर बजार मूल्य भएको एप्पल विश्वको पहिलो कम्पनी



अ+ अ-

विश्वको लोकप्रिय फोन निर्माता एप्पल मङ्गलबार ३० खर्ब डलरको बजार मूल्य भएको पहिलो कम्पनी बनेको छ । यसले एप्पललाई ३० खर्ब स्टक बजार मूल्य छोएको पहिलो कम्पनी बनाएको छ ।

यद्यपि कम्पनीले त्यो उपलब्धीभन्दा कममा दिनको समाप्ती गर्यो । संसारको सबैभन्दा मूल्यवान कम्पनी मानिएको एप्पलले एप्पल टिभी र एप्पल सङ्गीत जस्ता सेवाहरूसँग बन्डल गरिएका नयाँ आइफोन, म्याकबुक बनाउन जारी राख्दा यसको मूल्य बढ्दै जाने अपेक्षा गरिएको छ। “एपललको सेयरले इन्ट्राडे रेकर्ड १८२.८८ डलरको उच्चस्तरमा पुगेको छ जसले एप्पलको बजार मूल्य ३० खर्ब डलरभन्दा माथि राखेको छ”, रोयटर्सले भनेको छ । यद्यपि स्टक १८२.०१ डलरमा समाप्त भयो र एप्पलको बजार पूँजीकरण पनि २९ खर्ब ९० अर्ब डलरमा झर्यो ।

२० खर्ब डलरको बजार मूल्यको हिसाबले एप्पल माइक्रोसफ्ट (अहिले लगभग २५ खर्ब डलर) द्वारा मात्र पछाडि छ। अमेजन र टेस्ला जस्ता अन्य ठूला कम्पनीहरूको बजार मूल्य १० खर्ब डलरभन्दा माथि छ। पहिलो आइफोन जनवरी २००७ मा आएदेखि एप्पलको सेयर पूर्णरूपमा पाँच हजार ८०० प्रतिशतले बढ्न सफल भएको छ। टिम कुकको नेतृत्वमा आम्दानीका लागि आफ्नो आइफोन उपकरणहरुमा निर्भरता घटाउँदै एप्पलले स्ट्रिमिङ र सङ्गीत जस्ता नयाँ सेवाहरूमा विस्तारलाई जारी राखेको छ । सन् २०१८ मा आइफोनले सबै आम्दानीको ६० प्रतिशत बनाएको छ ।

यो सन् २०२१ मा ५२ प्रतिशतमा रह्यो । पाइव जीको मद्दत र मेटाभर्स टेक्नोलोजीहरूको आकर्षणले एप्पल जस्ता ठूला टेक कम्पनीहरूमा आगामी वर्षहरूमा चासो अझ बढ्ने बताइएको छ। यद्यपि कम्पनीले निकट भविष्यमा कसरी विस्तार जारी राख्छ भन्ने अस्पष्ट छ । आगामी केही वर्षमा एप्पलले आफ्नै विद्युतीय सवारीसाधन लन्च गर्ने अपेक्षा गरिएको छ । सायद यसले खेल फेरि परिवर्तन गर्न सक्छ।एजेन्सीको सहयोगमा