६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कहाँबाट सर्यो कोरोना ?

कहाँबाट सर्यो कोरोना ?
अ+ अ-

उदयपुरका १३ संक्रमित

काठमाडौं । सरकार र प्रहरीलाई अहिले कोरोना रोकथामका लागि यही प्रश्न टाउको दुखाईको विषय बनेको छ । वीरगञ्जमा भेटिएका ३ सहित १६ जनालाई कोरोना कहाँबाट स¥यो भनेर खोज्न निक्कै प्रयास गरेपनि पत्ता लगाउन सकेको छैन । कोरोना संक्रमितका अनुसार उनिहरु मंसिर २५ गते भारतको जोगबनी नाका हुँदै वीराटनगरबाट नेपाल प्रवेश गरेका हुन् । उनिहरुबाट प्रहरीले ट्रेनको टिकट समेत फेला पारेको थियो । मोरङबाट उनिहरु सुनसरी, सप्तरी र उदयपुरमा रहेको मस्जिदमा पुगेका हुन् । सप्तरीबाट तीन जना भने वीरगञ्जतर्फ लागेका थिए । संक्रमित भारतीय नागरिक नेपाल प्रवेश गरेपछि ११ वटा मस्जिदमा बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीको पछिल्लो अनुसन्धानमा मंसिर २५ गते बुधबार जोगबनी नाका हुँदै नेपाल भित्रिएका उनीहरु त्यसदिन रानीस्थित मस्जिदमा बसेका थिए ।

पुष १५ गतेसम्म रानीमै बसेका उनीहरु त्यसपछि मोरङको सिधिया खोला र भलुवाईस्थित मस्जिद गए । त्यहाँ ७ दिन बसेर उनीहरु सुनसरीको दुहबीस्थित मस्जिदमा ३ दिन बसेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । त्यहाँबाट छितहास्थित मस्जिदमा २० दिन बसेपछि सुनसरीकै भोक्राहा गए र त्यहाँ उनीहरु ७ दिन बसेर भाण्टाबारीस्थित मस्जिद पुगे । ८ दिन त्यही बसेका उनीहरु त्यहाँबाट सप्तरीको बरमझियामा ७ दिन बसेको प्रहरीले स्रोतले बतायो । त्यहाँबाट सप्तरीकै वसन्तपुरस्थित चर्खिया मस्जिदमा १० दिन बसेर फत्तेपुरतर्फ पुगेका थिए । फत्तेपुरमा उनीहरु ३ दिन बसेको भेटिएको छ । त्यहाँबाट फागुन २५ गते उदयपुरतर्फ लागेका उनीहरु सिवाहीमा १ साता र त्यसपछि भुल्केमा ३५ दिन बसेको भेटिएको छ ।

संक्रमित भारतीयहरु दिल्ली र उत्तरप्रदेशका बासिन्दा रहेको अनुसन्धानबाट खलेको छ । ११ वटा मस्जिदमा बस्दा उनीहरुले थुप्रै मानिससँग घुलमिल गरेको भन्दै मस्जिदमा रहेका सबैको स्वास्थ्य जाँच गर्ने तयारी भइरहेको छ । कोरोना संक्रमित ११ भारतीय र २ नेपालीको कोसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई उदयपुरको भुल्केस्थित मस्जिदबाट शुक्रबार नियन्त्रणमा लिएर कोशी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । संक्रमितलाई समेत कहाँबाट कोरोना स¥यो भन्ने एकिन छैन । उनिहरुले दिएको बयानमा आफुहरु नेपाल आएबाट भारततर्फ नगएको बताएका छन् ।

तर, उच्च सुरक्षास्रोतले दिएको जानकारी अनुसार उनिहरु मध्ये कोही नयाँ दिल्लीमा भएको तबलगी जमातीमा सहभागी भएको वा त्यहाबाट सहभागी भएर आएका संक्रमितको सम्पर्कमा पुगेको अनुमान गरेको छ । यद्यपी यसविषयलाई पुष्टि गर्ने आधार नभेटिदा अनुसन्धान फितलो देखिएको छ । प्रहरीले १३ जनाको सम्पर्कमा आएकाहरूलाई कोभिड–१९ परीक्षणका लागि सम्पर्क गर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय, मोरङले संक्रमित भारतीय नागरिक २६ मंसिरमा भारतबाट नेपाल आएको बुझिएको भन्दै संक्रमणको जोखिममा रहने सम्भावना भएकोले उनीहरूलाई परीक्षणको लागि प्रहरीमा सम्पर्क गर्न भनिएको हो ।

मोरङ प्रहरी प्रवक्ता, डीएसपी मानबहादुर राईका अनुसार उनीहरूको ‘ट्राभल हिस्ट्री’ र ‘कन्ट्याक्ट ट्रेसिङ’को लागि अहिले सुरक्षा संयन्त्र परिचालन भएको छ । संक्रमित भेटिएका उदयपुर त्रियुगा नगरपालिका–३ का अध्यक्ष अवधेशकुमार चौधरीले चैतको दोस्रो साता उनीहरू उदयपुर आएको र आफूले १२ चैतमा स्थानीय प्रशासनलाई नाम नामेसीसहित जानकारी गराएको बताएका छन् ।

यसैबीच, प्रदेश १ सरकारले संक्रमितसँग सम्पर्कमा आएकाको खोजी जारी राखेको छ । संक्रमित १३ मध्ये ११ भारतीय र २ नेपाली नागरिक रहेको प्रदेश मुख्यमन्त्री कार्यालयले जनाएको छ । कार्यालयले एक विज्ञप्ति जारी गर्दै अहिले संक्रमितको कन्ट्याक ट्रेसिङको काम भइरहेको जनाएको छ । उनीहरुको उपचारको लागि प्रदेश सरकारले तयार गरेको कोशी अस्पतालको कोभिड—१९ उपचार केन्द्रमा राखिएको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको विज्ञप्तिमा उल्लेख छ । सौर्य दैनिक