कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ५६ हजार भन्दा बढी पुगेको छ । मृत्यु हुनेमा अहिलेसम्म सबै भन्दा धेरै अमेरिका र त्यस पछि इटली छ। अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ हजार नजिक पुगको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लव् तथ्यांक अनुसार त्यहाँ ४० हजार ६ सय ६१ जनाको ज्यान गइसकेको छ भने संक्रमित हुनेको संख्या साढे सात लाखभन्दा बढी छ। अमेरिकामा सबैभन्दा बढी मृत्यु न्यूयोर्क राज्यमा भएको छ। ज्यान गुमाउनेमध्ये करिब १४ हजार ५०० न्यूयोर्कमा छन्।

आइतवार राष्ट्रपति डोनल्ड ट्रम्पले ४० लाखभन्दा बढी अमेरिकीहरूको परीक्षण गरिसकिएको र परीक्षण तीव्र गतिमा अगाडि बढाइएको बताएका थिए । उनले नियमित पत्रकार सम्मेलनमा बोल्दै भने, ‘परीक्षणमा कुनै पनि देश हामी नजिक छैन।’ यसैबीच कोरोना भाइरस विश्वभर संक्रमण हुनेको संख्या २४ लाख नाघेको छ। विश्वभर मृत्यु हुनेको संख्या १ लाख ५६ हजार भन्दा बढी छ। मृत्युका हिसाबले अमेरिकापछि सबैभन्दा बढी प्रभावित इटली छ। त्यहाँ २३,६६० ले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा छ ।
यस्तै इटलीमा संक्रसमितको संख्या १७८,९७२ पुगेको छ। त्यस्तै युरोपको दोस्रो सबैभन्दा बढी प्रभावित मुलुक स्पेनमा १९६,६६४ संक्रमित छन्। त्यहाँ २० हजार चार सय ५३ जनाले ज्यान गुमाइसकेका छन्।
स्पेनपछि फान्समा १९ हजार ७ सय १५ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या १ लाख ५४ हजार ९७ रहेको छ। त्यस्तै बेलायतमा १६ हजार ६० जनाको मृत्यु भएको छ भने १ लाख २१ हजार १ सय ७२ जना संक्रमित छन् । सौर्य दैनिक








