६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

भोक त जनावरलाई पनि लाग्छ नि !

भोक त जनावरलाई पनि लाग्छ नि !
अ+ अ-

काठमाडौँ । देशै बन्दाबन्दीमा परेको महिना दिन पुग्न आँट्यो । त्यसो त संसार नै एक किसीमको लकडाउनमै छ । सारा मानिसहरु घरभित्रै थुनिएका छन् । नेपालमा पनि मानिस घरभित्र थुनिएको आज २७ दिन पूरा भयो । यसैले मानिस नै खान नपाएर प्याकप्याकी पर्ने अवस्था देखिँदैछ । सहरमा खान नपाएरै बस्न नसकेर आफ्नो गाउँघर फर्किने विपन्न तथा निमुखा मजदुरहरुको ताँतीले सारा देशबासीकै मन खिन्न बनाएको छ । आफ्ना लालाबाला बोकेर दिनहुँ बाटो हिँडीरहेका तस्बिरहरु दिनहूँ आइरहेकै छन् । यो सबै मानिसको पेट पाल्नका लागि भए गरेका बाध्यताहरु हुन् ।

यहाँ उठाउन खोजिएको भोकको प्रसंग भने मानिसको होइन जनावरको हो । सहरबजारका जनावरहरुले खानेकुरा मानिसका क्रियाकलापबाट पाउने हुन् । अहिले मानिस घरभित्रै थुनिएकोले सडकका जनावरले भोकाएको व्यपवहार देखाएका छन् । भोकाए पनि होलान् । अहिले पशुपतिनाथमा दर्शनार्थी जाँदैनन् । नत यहाँका साधुसन्तहरुले नै भोजन गर्ने गरेका छन् । जसका कारण यहाँका बाँदर भोकाएका छन् । उनीहरुका खाना पनि भक्तजन र साधुसन्तबाट पाउने हुन् । तर अहिले आर्यघाटसहित पाशुपत क्षेत्र नै सुनसा नबनेपछि विलखबन्दमा परेका छन् यहाँका बाँदर । यो तस्बिरमा देखिएका कुकूरले पनि यी ट्राफिक प्रहरीको पिछा भोक लागेरै गरेको स्पष्ट देखिन्छ । सडकमा सन्नाटा छ । कतै मानिस देख्दैनन् । एकाध सवारी साधन देखिन्छन् तर ती पनि घुइँकीमात्र रहेका हुन्छन् । त्यसैले कतै केही खान पाइन्छ कि भनेर यी कुकूरहरु ती प्रहरीका पछि लागेका छन् ।

यसरी हेर्दा लाग्छ कोरोनाले मानिसको रोगको मात्र नभएर हरेक प्रकृतिको परीक्षण गरिरहेको छ । महामारीले मानिसको व्यवहार, मन र भावनाको पनि परीक्षण गरिरहेको जस्तो लाग्दछ । मानिस प्रकृतिभन्दा माथि या शक्तिशाली छैन भन्ने त यो अदृश्य जिवाणुले सिकाएकै छ । किनभने चन्द्रमामा बस्ती बसाल्ने तयारी गरिरहेको भनिएका विश्वका ठूला देशहरुले पनि एउटा जीवाणुको औषधि निकाल्न नसकेबाट यो प्रमाणि भएकै छ । साथै प्रकृतिले मानिसमात्र नभएर जनावरको पनि आत्मा हुन्छ, मानिसलाई मात्र नभएर जनावरलाई पनि भोक प्यास लाग्छ र यो प्रकृतिले निरन्तरता पाउन मानिसमात्र नभएर उनीहरु पनि बाँच्न पाउनुपर्छ भन्ने सन्देश पनि दिन खोजेको छ । यो अदृश्य परीक्षाले दिएको सुषुप्त सन्देश पनि बुझौँ र आफूले मात्र खाएर हुदैन जनावरलाई पनि बाँच्नका लागि खान दिउँ ।