३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड

अमेरिकी अर्थ विभागका प्रमुख काट्जलाई आइएमएफ उपप्रमुखका लागि प्रस्ताव

अमेरिकी अर्थ विभागका प्रमुख काट्जलाई आइएमएफ उपप्रमुखका लागि प्रस्ताव
अ+ अ-

वाशिङ्गटन। अन्तराष्ट्रिय म्द्रा कोष (आइएमएफ) ले अमेरिकी ट्रेजरी विभागको प्रमुख डन काट्जलाई आफ्नो नयाँ दोस्रो बरियताका लागि सिफारिस गरेको छ ।

काट्जको चयनलाई कोषको कार्यकारी समितिले अनुमोदन गर्नु आवश्यक छ। अर्थमन्त्री स्कट बेसेन्टको नजिकको विश्वासपात्र रहेका काट्जले ट्रम्प प्रशासनबाट आलोचनाको सामना गरिरहेको अन्तराष्ट्रिय म्द्रा कोष (आइएमएफ)को शीर्ष नेतृत्वमा राख्नेछ।

काट्जलाई स्वीकृत गरियो भने उहाँको काम अक्टोबर ६ बाट सुरु हुने अपेक्षा गरिएको छ। उहाँले आइएमएफको उपप्रबन्ध निर्देशकको रूपमा पहिलो जिम्मेवारी सम्हाल्नुहुनेछ। विभागले आईएमएफको छनौटको बारेमा तत्काल टिप्पणी गरेको छैन ।

गीता गोपीनाथले हार्वर्ड विश्वविद्यालयमा फर्कन जिम्मेवारीबाट अगस्टमा बाहिरिएपछि काट्जको चयन भएको हो। अर्थ विभागका ‘चिफ अफ स्टाफ’ रहेका काट्जले ट्रम्पको पहिलो कार्यकालमा पनि विभागको एक वरिष्ठ अधिकारीका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो ।

यस मामिलासँग परिचित एक स्रोतल एएफपीसँग भन्यो, “काट्जको बेसेन्टसँग लामो समयदेखि सम्बन्ध छ र पहिले ट्रेजरी प्रमुखको लगानी कोष (हेज फन्ड)को लागि परामर्श गरिएको थियो।

बिहीबार उहाँको प्रस्तावित नियुक्तिको घोषणा गर्दै आइएमएफले काट्जलाई ‘अर्थमन्त्रीका आन्तरिक र अन्तर्राष्ट्रिय मामिलाको प्रमुख सल्लाहकार’ भएको जनाएको छ ।

“काट्जले युक्रेनसँग अमेरिकी सरकारको नवीन आर्थिक साझेदारी विकास गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँ चीनसहित अमेरिकी सरकारको अन्तर्राष्ट्रिय वार्ताको आकर्षण बन्नुभएको थियो,” आईएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

येल विश्वविद्यालयबाट स्नातक गरेका काट्जले यसपहिले गोल्डम्यान स्याक्समा लगानीसम्बन्धी बैङ्करको रूपमा काम गरिसक्नु्भएको छ ।

आईएमएफकी प्रमुख क्रिस्टालिना जर्जिएभाले एक विज्ञप्तिमा भन्नुभएको छ,“विश्व अर्थतन्त्रमा महत्वपूर्ण परिवर्तनको समयमा हाम्रा सदस्य राष्ट्रहरूलाई आर्थिक र वित्तीय स्थिरता सुनिश्चित गर्न कोषको महत्त्वपूर्ण भूमिकामा उहाँलाई अघि सारेको छ।”

“वार्ताकारहरूको विस्तृत दायरासँग सम्बन्ध निर्माण गर्ने उहाँको क्षमता कोषको लागि महत्त्वपूर्ण सम्पत्ति हुनेछ,” उहाँले थप्नुभयो। वाशिङ्गटनमा आइएमएफ र विश्व बैङ्कको वसन्त बैठकको क्रममा बेसेन्टले गत अप्रिलमा भन्नुभएको थियो, “दुबै सङ्गठनहरूलाई ‘उद्देश्यको लागि फेरि उपयुक्त बनाउनु आवश्यक छ।”

आइएमएफकी अघिल्लो नम्बर दुई अधिकारी गोपीनाथ सन् २०१९ मा आईएमएफमा सामेल हुनु्भएको थियो र आइएमएफको उक्त (उच्च) तहमा पुग्ने पहिलो प्रमुख महिला अर्थशास्त्री बन्नुभएको थियो । उहाँ सन् २०२२ मा पहिलो उपप्रबन्ध निर्देशकमा बढुवा हुनुभएको थियो । (रासस/एएफपी)