३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक

राप्रपाद्वारा भ्रष्टाचारी र जेनजी आन्दोलनका नरसंहारकर्ताहरूलाई कडा कारवाहीको माग

राप्रपाद्वारा भ्रष्टाचारी र जेनजी आन्दोलनका नरसंहारकर्ताहरूलाई कडा कारवाहीको माग
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हालै सम्पन्न जेनजी आन्दोलन र त्यसपछि बनेको अन्तरिम सरकारबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंगलबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आन्दोलनका क्रममा भएको “अकल्पनीय र अपुरणीय” धनजन क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

राप्रपाले सहादत प्राप्त सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कन गरी उचित क्षतिपूर्ति, बीमा र उपचार सुविधा तत्काल उपलब्ध गराउन सरकारसँग माग पनि गरेको छ ।

राप्रपाले भदौ २३–२४ को “ऐतिहासिक जेनजी आन्दोलन” भ्रष्टाचारविरुद्धको मूल विद्रोह भएको उल्लेख गर्दै भ्रष्टाचारको जरो निर्वाचन प्रणाली, राज्य संरचना र संवैधानिक नियुक्ति प्रणालीमै रहेको ठहर गरेको छ । “नेतृत्व परिवर्तन मात्र होइन, व्यवस्थाकै कमजोरी सच्याउनुपर्छ,” प्रवक्ता मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यस्तै, बैठकले अन्तरिम सरकार र संविधानलाई व्यवस्थागत सुधारतर्फ उन्मुख गराउनुपर्ने भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेजी, गैरदलीय स्थानीय तह, पूर्ण समानुपातिक संसद, प्रधानमन्त्रीलाई दुई कार्यकालभन्दा बढी जिम्मेवारी नदिने प्रावधान, राजसंस्थालाई अविभावक संस्थाको रूपमा कायम राख्ने र पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन हिन्दू राष्ट्रको अवधारणा जस्ता माग प्रस्तुत गरेको छ ।

राप्रपाले जेनजी विद्रोहका दमनकारी र २०४६ सालपछि उच्च पदमा रहेकासहित तिनका आफन्तहरूको सम्पत्ति छानबिनको माग गर्दै यस परिवर्तनलाई भ्रष्टाचार अन्त्य र राष्ट्र निर्माणको अवसरका रूपमा लिनु आवश्यक रहेको निष्कर्ष पनि निकालेको छ ।

विज्ञप्तिमा “देशलाई दीर्घकालीन द्वन्द्व र वैदेशिक हस्तक्षेपबाट जोगाउन, नेपालको निर्णय क्षमता नेपाली जनताकै हातमा राख्न सबै राजनीतिक शक्तिहरूबीच नयाँ समझदारी अपरिहार्य छ” भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।