२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसँग नागरिक अगुवाको भेट, लोकतन्त्र जोगाउन खबरदारी



अ+ अ-

काठमाडौं । जेन–जी आन्दोलनपछिको संवेदनशील परिस्थितिमा लोकतन्त्रको जग कमजोर नपार्न नागरिक अगुवाहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई खबरदारी गरेका छन् ।

१४ जना प्रबुद्ध नागरिकले बुधबार भेटेर ज्ञापनपत्र बुझाउँदै आन्दोलनमा सरकारी दमन, आपराधिक घुसपैठ र हिंसात्मक घटनाको छानबिन माग गरेका छन् ।

उनीहरूले सुरक्षा निकायको निष्क्रियताप्रति आशंका व्यक्त गर्दै राजनीतिक दल र संवैधानिक संरचनाको भूमिका सीमित पार्ने प्रयासले नयाँ द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।

साथै, सरकारले विदेशस्थित नेपालीलाई मतदान अधिकार दिन अध्यादेश ल्याउन खोज्दा निर्वाचन समयमै नहुन सक्ने जोखिमबारे पनि उनीहरूले राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् ।