१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिलाई भेट्न १५ जना नागरिक अगुवा शितल निवासमा



अ+ अ-

काठमाडौं। प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठन भएपछि नागरिक समाजका अगुवाहरु राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न अहिले शितल निवास पुगेका छन् ।

जेन–जीको आन्दोलन सफल भएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन हुँदै प्रतिनिधि सभा विघटन भएपछि राष्ट्रपति पौडेललाई भेट्न नागरिक समाजका अगुवाहरु अहिल सितल निवास पुगेका हुन् ।

पछिल्लो घटनाक्रमबारे आफ्ना दृष्टिकोण र सुझाव राख्दै डा. महेश मास्के, सुशील प्याकुरेल, चण्डेश्वर श्रेष्ठ, टीकाराम भट्टराईलगायत १५ जना अहिले शितल निवास पुगेका हुन् ।

उनीहरुले राष्ट्रपति पौडेलको धारणा बुझ्ने र त्यही अनुसारको सुझाव दिने बताइएको छ ।