३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक

सामाजिक सञ्जालबाहेक अन्य ठाउँमा किन देखिँदैनन् बालेन ?

सबै हिसावले पर्दापछाडिका खेलाडी रहेका बालेन भने कतै देखिएनन् कतै सुनिएनन्

सामाजिक सञ्जालबाहेक अन्य ठाउँमा किन देखिँदैनन् बालेन ?
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) झन् रहस्यमयी बन्न थालेका छन् । राजनीतिक दलका नेताहरुले जेन–जी आन्दोलनका योजनाकारण नै बालेन भएको टिप्पणी गरिरहँदा उनी भने सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

जेन–जी आन्दोलनमा सरकारी दमन र त्यसपछिको तोडफोड र आगजनीमा परेर अहिलेसम्म ७४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । परिवर्तनका लागि सहादत प्राप्त गरेकाहरुलाई सरकारले सहिद घोषणा गरेको छ ।

देशले शोक मनाएको छ । पीडित परिवार अझै शोकमा छ । तर जेन–जी आन्दोलनका योजनाकार भनिएका बालेन कतै देखिएका छैनन् । बरु सामाजिक सञ्जालमार्फत् फाट्टफुट्ट टिप्प्णीहरु गरिरहेका छन् ।

जेन–जीको आन्दोलनलाई सामाजिक सञ्जालमार्फत् नै समर्थन जनाउँदै आएका उनी आन्दोलनमा भने सहभागी भएनन् ।

बालेनले भदौ २३ गते हुन लागेको ‘जेन–जी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई पूर्ण समर्थन जनाउँदै सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू भने आउन नपाउने बताए । उनले आफ्नो फेसबुकमार्फत यो र्‍याली स्वस्फूर्त र २८ वर्षभन्दा कम उमेरका युवाको रहेको भन्दै यसमा कुनै पनि पार्टी, नेता वा अभियन्ताले आफ्नो स्वार्थ पूरा गर्न नहुने सुझाव दिएका हुन् ।

शाहले आफू उमेर हदबन्दीका कारण र्‍यालीमा सहभागी हुन नमिल्ने भए पनि युवाहरूको इच्छा, उद्देश्य र सोच बुझ्न इच्छुक रहेको बताएका थिए । उनले लेखेका थिए– ‘भोलीको र्‍याली स्पष्ट र स्वस्फूर्तरूपमा जेनजीको हो, जसका लागि म पनि अझै बुढो देखिन्छु ।’

मेयर शाहले युवाहरूलाई सम्बोधन गर्दै ‘कस्तो देश देख्न चाहनुहुन्छ ?’ भनी प्रश्न पनि गरेका छन् । उनले यो र्‍यालीमा कुनै पनि राजनीतिक दल, नेता वा कार्यकर्ताले बाठो बन्ने प्रयास नगर्न चेतावनी दिँदै युवाहरूको कुरा बुझ्न जरुरी रहेको र आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गरेका छन् ।

जेन–जी आन्दोलन अघिल्लो दिन स्टाटस लेखेर उमेरका कारण म उपस्थित हुन सक्दिैन भन्ने बालेनले भोलिपल्टै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आतंककारीको संज्ञा दिएका थिए ।

जेन–जी समूहले सोमबार गरेको देशव्यापी आन्दोलनमा १९ जनाको ज्यान गएपछि काठमाडौं महानगर प्रमुख शाहले कठोर शब्द प्रयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका हुन् ।

आन्दोलनका क्रममा भएको घटनापछि मध्यराति आफ्नो फेसबुक स्टाटसमा मेयर शाहले ओलीको आलोचनासहित लेखेका थिए् ।

‘तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुझ्थिस । यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्कवादी होस्,’ उनले लेखेका थिए ।

शाहले आफ्नो फेसबुक स्टाटसमा ह्यासट्याग #kpoliisterrorist पनि प्रयोग गरेका छन् ।

पहिलो दिनको आन्दोलनमा धेरै युवा मारिएपछि पनि बालेन सडकमा आएनन् । युवाहरुले बालेनलाई पटकपटक आउन आह्वान गरिरहे । तर उनी बन्द कोठाबाट बाहिर निस्किएनन् ।

बरु २४ गते मंगलबार युवाहरुको आक्रोस चुलियो । त्यही क्रममा घुसपैठ पनि भयो र देशका महत्वपूर्ण संरचनाहरुमा आगजनी भयो । सुरक्षा निकाय पछि हट्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा घोषणा गरे । तर पनि विध्वंस रोकिएन ।

त्यसै दिन भदौ २४ गते दिउँसो सवा तिन बजे तिर बालेनले फेरी अर्को स्टार्टस लेखे ‘हामीले स्पष्ट रूपमा भनेका थियौँ । यो नितान्त जेनजीहरुको आन्दोलन हो । प्रिय जेनजीहरु, तपाईँहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !! देशको जनधनको क्षति भनेको तपाईँ हाम्रै सम्पत्तिको क्षति हो । तपाईँ–हामी अब संयमित हुनु जरुरी छ ।

उनले त्यति मात्र लेखेनन् । अगाडि थपे– अब तपाईँको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला ! साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ । प्रिय जेनजी भन्नुस् तपाईँ हरुले कस्तो देश देख्न चाहनु हुन्छ ? देश आगोको भुंग्रोमा जल्ने क्रम नरोकिएपछि उनको अर्काे स्टाटस आयो प्लीज जेनजी देश तपाइँहरुकै हातमा हो, तपाईं हरुले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुहोस ।

अन्तत: सेनाले हस्तक्षेप गरेपछि स्थिति शान्त भयो ।

त्यसपछि सेनाले नै वार्ताको अग्रसरता लियो । सेनाले समन्वय गर्नुपर्ने प्रस्ताव उनी बालेन शाहले गरेको बताइएको छ । उनले सेनासँगसमेत कुरा गरेको बताइएको छ । त्यसपछि सेना, जेन–जीका प्रतिनिधिहरुबीच पटकपटक वार्ता भयो । राष्ट्रपतिसमेतको सहमतिमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाइयो । त्यसो त बालेन स्वयम्लाई प्रधानमन्त्री बन्ने प्रस्ताव नआएको होइन । जेन–जीको रोजाइमा बालेन नै थिए । तर उनले प्रधानमन्त्री बन्न अस्वीकार गरिदिए ।

२५ गते राती बालेनले फेरि सामाजिक सञ्जालबाटै प्रतिक्रिया दिए–अप्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह, अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ ।

तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ । यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला । अब देश अन्तरिम सरकारमा जाँदै छ, जसले देशमा नयाँ चुनाव गराउनेछ । यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने, देशलाई नयाँ जनादेश दिने हो ।

यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु । तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ ।

अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोस, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारिता देशलाई स्थायी रूपमा चाहिएको हो,अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला ।

सम्माननीय राष्ट्रपतिज्यू, जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसद्को विघटन अविलम्ब गर्नु होला । यही स्टाटसबाट बालेनले आफू किन अहिले प्रधानमन्त्री बनिन् र प्रधानमन्त्री र मन्त्रीका लागि दौड लगाइरहेका हर्कहरुले पनि किन प्रतिक्षा गर्नुपर्छ भन्ने प्रष्ट जवाफ दिएका छन् ।

बालेन ६ महिनाको अन्तरिम सरकार प्रमुख होेइन एकै पटक देशको कार्यकारी बन्ने लक्ष्यमा छन् । जसको बाटो कोर्न आफ्ना विश्वासपात्र रहेका कानूनी सल्लाहकारलाई देशको कानून र गृहमन्त्री बनाइसकेका छन् ।

सुशीलालाई समर्थन गरेको स्टाटपछि जेनजी सहिदहरूलाई श्रद्धाञ्जली दिँदै बालेन फेसबुकबाट पनि हराएका छन् । देशको प्रधानमन्त्री बालेनलाई बनाउनु पर्छ भन्ने चर्को आवाज उठी रहेको थियो । बालेनले आफ्नो मोवाइल पनि अफ गरे ।

बालेनले भने झैँ नेपाली सेनासँग नै वार्ता भयो । सुशीला कार्की नै प्रधानमन्त्री भइन । बालेनले प्रतिनिधि सभा भङ्गको माग गरेका थिए त्यो पनि पुरा भयो । धरान मेयर हर्क साम्पाङ प्रधानमन्त्री माग्दै सेनाको हेड्क्वाटरसम्म धाए ।

तर बालेन प्रधानमन्त्री बन्नु पर्ला कि भनेर मोबाइल अफ गरेर बसे । यसैलाई आधार मानेर प्रधानमन्त्री बन्न हौसिएका हिजोका बालेनका समर्थक धरानका मेयर हर्क आज उनकै विरुद्धमा उभिएका छन् । उनले पटक पटक बालेनतर्फ लक्षित गर्दै भगौडा भनेका छन् ।

उनले आज मात्रै पनि बालेनतर्फ लक्षित गर्दै भनेका छन्, लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ ! लिडर भनिंदैन ! यति बेला जेनजीहरु बिच असली जेनजीको भन्ने विवाद पनि बाहिर आइरहेको छ । तर बालेन मौन छन् । जेनजी आन्दोलनका सूत्रधार गर्ने व्यक्तिहरु नै पर्दामा देखिएका छैन ।

हामी नेपाली अभियानका अभियान्ता सुदन गुरुङ चर्चामा छन् । अर्का अभियान्ता मिराज ढुंगानाले पनि सुदनको योगदान ठूलो रहेको बताइसकेका छन् । सुदनको भूकम्पको समयदेखि नै बालेनसँग निकट सम्बन्ध रहेको खबरहरु बाहिरिरहेका छन् ।

यद्यपि बालेनका कानुनी सल्लाकारलाई गृहमन्त्री बनाएको भन्दै गुरुङले आक्रोश पोखेका भिडियोहरु समेत बाहिरिरहेका छन् । वास्तविकता अहिले सम्म बाहिर आइसकेको छैन । धेरैको मनमा यो आन्दोलनका प्रमुख पात्र बालेन शाह नै भएको अनुमान छ ।

त्यसपछिको प्रमुख कारण भनेको बालेनले सामाजिक सञ्जालमा जे जे लेखे घटना क्रम त्यही त्यही भएको छ । सोमबार मात्र बालेन साहका कानुनी सल्लाहकार तथा जेनजी समूहका पनि सल्लाहकार अधिवक्ता ओमप्रकाश अर्याल गृह तथा कानुन मन्त्रीको पदभार समालेका छन् ।

आन्दोलनपछि सेना र राष्ट्रपतिसँगको हरेक वार्तामा उनै बसेका थिए । बालेन शाहका विश्वास पात्र मानिएका अर्यालका सामु धेरै चुनौती मात्र छैनन् उनले गर्ने हरेक निर्णयको जस र अपजसको भार बालेन शाहसम्म ठोक्किने छ ।

जेन–जीको आन्दोलनमा महानगर प्रमुख बालेनले कतै देखिएनन् । तर पनि आन्दोलन सफल भयो । बालेनले चाहेअनुसारकै सरकार बनेको छ । त्यसपछि शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शाहले ‘जेन–जी’ आन्दोलनले मुलुकमा परिवर्तन ल्याएको बताएका छन् ।

युवा पुस्ताको योगदान र बलिदानको उच्च प्रशंसा गर्दै शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले आन्दोलनमा ज्यान गुमाउने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे ।

जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रधानमन्त्रीका रुपमा प्रमुख शाहलाई पहिलो रोजाइमा राखेका थिए । तर, उनले सरकार गठन प्रक्रियामा कुनै चासो नदेखाई आफूलाई अलग राखेका थिए ।

आफ्नो सन्देशमा उनले लेखेका छन्, ‘प्रिय जेन–जी, तपाईंहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ । वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली । तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ ।’ उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे ।

प्रमुख शाहको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण समारोहमा भने देखिएका थिएनन् ।

जेन–जी आन्दोलनपछि संघीय लोकतान्त्रिक गणतन्त्र नै धर्मरायो । दलहरु रक्षात्मक बनेका छन् । नागरिकमा अझै अन्योल छ । पर्दापछाडि के खेल भइरहेको छ भन्ने चासो सर्वत्र छ ।

तर यी सबै हिसावले पर्दापछाडिका खेलाडी रहेका बालेन भने कतै देखिएनन् कतै सुनिएनन् । नेपाली नागरिकमा बालेन शाहले केही गर्छन् भन्ने अपेक्षा छ । जोसुकैले पनि बालेनको नाम लिने गरेका छन् । उनकै नाममा जेन–जी विद्रोह भएको छ । भलै उनी यो आन्दोलनमा सहभागी भएनन् । त्यति हुँदा पनि उनीप्रति नागरिकको भरोसा छ ।

आन्दोलन भयो, विद्रोह सफल भयो । तर न बालेन जेन–जीका सहिदप्रति श्रद्धाञ्जली दिन गए, न पीडित परिवारलाई भेट्न पुगे । न क्षति भएका भौतिक संरचनाको अवस्था बुझ्न नै कतै निस्किए ।

यसअघि कसैले महानगरमा जुुलुस गरेमा जुलुस सकिँदा नसकिँदै फोहोर भयो भन्दै जरिवाना गराउने बालेन यस पटकको अभियानमा भने कुनै गतिविधि गरेनन् । यसले बालेनको रहस्य झन् झन् रहस्यमय बनिरहेको छ ।