६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

समुदायस्तरमा कोरोनाको कहर तिव्र

समुदायस्तरमा कोरोनाको कहर तिव्र
अ+ अ-

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका कोरोना भाइरस (कोभिड–१९)को केन्द्र बन्न थालेको देखिएको छ । पछिल्लो केही दिनमा त्यहा २४ जनामा संक्रमण भएको पुष्टि भएको छ । भुल्केस्थित नुरी मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोरोना पुष्टि भएसँगै ‘कम्युनिटी ट्रान्समिसन’मा प्रवेश गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार यी सबै संक्रमित उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको मस्जिद आसपासका क्षेत्रका वासिन्दा हुन् । गत शुक्रबार सो मस्जिदमा बस्दै आएका १६ जना जमातिमध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो । मंगलबार भेटिएका ११ जना संक्रमित तिनै १३ जनाको सम्पर्कमा आएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको सख्या ४२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप भएका कोरोना संक्रमित मध्ये दुई जना महिला हुन् भने बाँकी सबै पुरुष हुन् । मन्त्रालयका अनुसार १८ वर्ष र ४१ वर्षका दुई/दुई जना छन् भने बाँकी २०, ३३, ४०, ५२ र ५८ वर्षका पुरुष रहेका छन् । यस्तै, ३६ वर्षीया महिला र अर्की एक महिलाको उमेर खुल्न नसकेको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । सबैको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ । उनिहरुलाई कोरोना अस्पताल विराटनगरमा थप उपचारका लागि भर्ना गरिएको छ । उदयपुरको नुरी मस्जिदमा भारतबाट आएर बसेका ११ भारतीय र उनीहरु सँगै रहेका थप दुई नेपालीमा कोरोना पुष्टि भए सँगै त्यस क्षेत्रका नागरिक र उनीहरुसँग सम्पर्कमा रहेकाको स्वाब संकलन गरी विराटनगरस्थित कोशी अस्पताल र काठमाडौ स्थित टेकुमा परीक्षण गरिएको थियो ।

मंगलबार र बुधबार परीक्षणका क्रममा विराटनगरमा ८ जनामा कोरोना पोजेटिभ भेटिएपछि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा थप परीक्षण गरीएको थियो । त्यहाँ विराटनगरमा पुष्टि भएकालाई नै उपस्थित गराएर समेत परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको हो । कोरोना पोजेटिभलाई बुधबार एम्बुलेन्समा राखेर थप परीक्षण गर्न धरान पु¥याइएको थियो । बाँकी तीन जनाको भने सेनाले संकलन गरेको स्वाब टेकुमा परीक्षण गर्दा कोराना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । काठमाडौ लगेको स्वाब परीक्षणमा अझै संक्रमित थपिने संभावना रहेको चिकित्सक बताउँछन् ।

६९ जनाको स्वाब भने विराटनगरस्थित कोशी अस्पतालमा परीक्षण भइरहेको छ । ९ वटा स्वाब त्यस क्षेत्रमा खटिएका सुरक्षाकर्मीको हो । यो क्षेत्रमा ५२ वटा घर छ । प्रहरीले सो गाँउ नै पूर्णरुपमा सिल गरेको छ । यस क्षेत्रमा ६ सय नागरिक रहेको प्रशासनको तथ्यांकमा उल्लेख छ । यस अघि मस्जिद भित्र रहेकामा मात्रै कोरोना देखिए पनि अहिले मस्जिद बाहिरका नागरिकमा नै कोरोना संक्रमणको पुष्टि भएको छ । उदयपुरमा समुदायमै संक्रमण देखिएसँगै विज्ञले नेपालमा कोरोना संक्रमणको तेस्रो चरण देखिएको संकेत गरेका छन् ।

उदयपुर जिल्ला नै सिल: भुल्केमा कोरोनाको इपिसेन्टर जस्तो बनेपछि प्रदेश सरकारले मंगलबारबाट पुरै जिल्लालाई चारैतिरबाट सिल गर्ने निर्णय गरेको छ । उदयपुरबाट अन्य जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि यस्तो निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उदयपुर जिल्लाभित्रै पनि अन्य ठाउँमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा उदयपुरबाट अन्य जिल्लामा पनि संक्रमण फैलिन नदिन पूर्ण रुपमा लकडाउनका साथै सिल गर्ने निर्णय गरिएको बताए ।

‘उदयपुर जिल्लाभित्र पूर्ण रुपमा लकडाउन गर्ने र जिल्लाको सबै नाका सिल गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘जिल्ला सुरक्षा समितिको निर्णय गरी सर्वदलीय संयन्त्रको साथ सहयोगमा जिल्लालाई पूर्ण लकडाउन र सिल गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छौं ।’ स्थानीय प्रशासनले जिल्लाभरी लकडाउन गरिसकेको र जिल्ला पनि सिल गर्ने तयारी गरिररहेको जानकारी आएको मन्त्री कार्कीले बताए । सौर्य दैनिक